सुनसरीबाट प्रदेशसभा सदस्यमा एमालेका भण्डारी र कुसियैत विजयी
रत्नप्रसाद आचार्य | आइतबार, २४ मङि्सर २०७४

धरान ः सुनसरी क्षेत्र नम्बर १ अर्न्तगतको (क) क्षेत्रबाट प्रदेशसभा सदस्यमा एमालेका प्रदीप भण्डारी विजयी भएका छन् । भण्डारीले १९ हजार २ सय ४३ मत प्राप्त गरी सानदार विजयी हासिल गरेका छन् । उनी वाम गठबन्धनका साझा उमेदवार हुन् ।
भण्डारीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किशोर राईले १३ हजार ७ सय ७० मत प्राप्त गरेका छन् । उनी लोकतान्त्रीक गठबन्धनका साझा उमेद्वार हुन् ।
सुनसरी क्षेत्र नम्बर ४ को (क) क्षेत्रबाट एमालेका जगदिश कुसियैत विजयी भएका छन् । उनले कांग्रेसका रेवतीरमण दुलाललाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुुन् । कुसियैतले १६ हजार ६ सय ९० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दुलाले १५ हजार २ सय ८२ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा तर्फको हाल सम्मको अपडेट
क्षेत्र नम्बर १
एमालेका जयकुमार राई २५१४३
संघिय समाजवादी अशोक राई १३०२४
क्षेत्र नम्बर २
काग्रेस सिताराम मेहता १७९५४
माओवादीका डम्मरु सुबेदी १४७४४
सुनसरी क्षेत्र नम्बर ३
एमाले भगवती चौधरी १६३१६
कांग्रेस विजय गच्छदार १३९३२
क्षेत्र नमबर ४
कांग्रेस ज्ञानेन्द्र कार्की १८४३५
एमाले रमेश श्रेष्ठ १४८८३
कमेन्ट गर्नुहोस्
अन्य समाचार

दाङमा समानुपातिकमा कांग्रेस पहिलो
प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

स्याङ्जा २(ख)बाट कांग्रेसका भागवतप्रकाश मल्ल विजयी
नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित
पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी
टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

पर्वत समानुपातिकमा एमाले पहिलो दल
पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु
आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...