• निर्वाचन समाचार
advertisement

रोल्पा क बाट प्रदेश सभामा कुलप्रसाद केसी विजयी

खेम बुढामगर | आइतबार, २४ मङि्सर २०७४

प्रदेश ५ रोल्पा


रोल्पाको निर्वाचन क्षेत्र ‘क' बाट प्रदेश सभाका लागि बामगठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका सचिवालय सदस्य कुलप्रसाद केसी पुनमगर विजयी भएका छन्।

शान्तिकालमा लाभको पद नलिएका नेता केसी गृह जिल्लाबाट उम्मेदवार बनेका थिए । उम्मेदवार केसीले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर महरालाई ८ हजार १ सय ११ मतान्तरमा विजयी हात पारेका छन्। केसीले १८ हजार ५ सय १२ मत लिई विजयी भएका हुन्। लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका सचिव समेत रहेको महराले १० हजार ४ सय १ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बने। 

निर्वाचन क्षेत्र क मा नेपाली कांग्रेसले विजयी हुने अपेक्षा गरेपनि ३३ हजार ८ सय ३३ खसेको मतमा धेरै मतान्तर भएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार निर्वाचन क्षेत्र क मा २ हजार ७ सय ८५ मत वदर भए। ३१ हजार ४८ मत सदर भए । 

२०२७ माघ १० गते बुबा टीकाराम केसी र आमा रजमता केसीका छ भाई छोरा मध्ये कान्छो केसी युद्धमा कमाण्डरसमेत थिए। विद्यार्थी संगठन हुँदै राजनीतिमा होमिएका केसी २०४७ मा प्राथमिक तहको स्थायी शिक्षक बने । २०४९ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालालाई सदरमुकाम लिबाङमा कालो झण्डा देखाएपछि जागिर गुमाउनुपर्‍यो। सार्वजनिक मुद्दा लागेपछि २०५० देखि नै अर्धभूमिगत बनेका उनी होलेरी प्रहरी चौकी आक्रमणमा संलग्न मध्ये एक हुन् ।

२०५२ फागुन १ देखि भूमिगत बनेका उनले जनवादी विवाह गरेका हुन्। उनका पत्नी ताराकुमारी घर्ती २०६४ को पहिलो संविधान सभामा समानुपातिक सभासद भइन्। अहिले समानुपातिक सूचीमा छिन् तारा। दम्पत्ति सँगसँगै युद्धमा होमिएका थिए । एक छोरी र एक छोरा रहेका केसीले साढे दुई वर्ष जेलजीवन बिताएका छन्। 

 उनले प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेका छन । तत्कालीन एकीकृत नेकपा माओवादीबाट मोहन वैद्य विभाजन भएपछि केसी पनि वैद्यतिर लागेका थिए। रामबहादुर थापा वादलको समूह सँगै केसी पनि माओवादी केन्द्रमा फर्किएका हुन्। तुलनात्मक रुपमा युद्धताकाका उनका दौतरीले शान्तिकालमा लाभको पद पटकपटक लिएपनि उनी लाभको पदमा पुगेनन्।

समाजवादी मोडेलमा समाज र राष्ट्रको विकासमा आफू लाग्ने केसीले दावी गरे। विजयी केसी भन्छन्, ‘राज्यसत्ताको कार्यशैली नवदलीकन परिवर्तन संभव छैन।' विजय पश्चात पहिलो काम मतदातालाई धन्यवाद दिन जाने जनाएका छन्। डोजरबाट अप्ठ्यारो ठाउँमा मात्र सडक खन्ने र बाँकी ठाउँमा सडक निर्माणका बेला जनतालाई रोजगार हुने गरी सडक खन्ने योजना ल्याउन  पहल गर्ने पनि बताए । 

निर्वाचन क्षेत्र ख मा यस अघि बामगठबन्धनकै उम्मेदवार दिपेन्द्र कुमार पुनमगर विजयी भईसकेका छन  । प्रतिनिधि सभा बामगठबन्धनकै उम्मेदवार वर्षमान पुन अनन्तको अग्रता छ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार