• निर्वाचन समाचार
advertisement

रेणु यादवका छोरा प्रदेशसभामा विजयी

आइतबार, २४ मङि्सर २०७४


सप्तरीः सप्तरीबाट संघीय समाजवादी फोरम नेपालका अभिषेक यादव प्रदेशसभा सदस्यमा विजयी भएका छन्। 

राति घोषणा गरिएको मतपरिणाम अनुसार सप्तरीको निर्वाचन क्षेत्र नम्बर  ४ (२) बाट यादवले नौ हजार छ सय पाँच मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनी फोरमका उपाध्यक्ष एवं पूर्व मन्त्री रेणु यादवका छोरा हुन्।

निर्वाचन अधिकृत सानुभाई केसीका अनुसार यादवले प्रतिस्पर्धी नेपाली कांग्रेसका विवेकानन्द झालाई दुई हजार दुई सय ६९ मतान्तरले हराएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी झाले सात हजार तीन सय ३६ मत ल्याए। 

प्रदेश सभा ४ (१) को शुक्रबारदेखि जारी मतगणना अनुसार नेकपा (एमाले) ले शनिबार विहानदेखि अग्रता लिएको छ। एमालेका जिल्ला अध्यक्ष गोबिन्द बहादुर न्यौपानेले नौ हजार नौ सय ४७ मत ल्याई मतान्तर बढाउँदै लगेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिताराम साहले छ हजार एक सय ६७ मत ल्याएर पछ्याई रहेका छन्।
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार