• निर्वाचन समाचार
advertisement

पाँचथरको प्रदेशसभा ‘ख' मा वामगठबन्धन विजयी

भीमकुमार बाँस्कोटा | आइतबार, २४ मङि्सर २०७४

प्रदेश १ पाँचथर


फिदिमः पाँचथरको प्रदेशसभा ‘ख' मा वामगठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका ईन्द्र आङ्बो (मौसम) विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र कुमार दाहाललाई चार हजार सात सय ९१ मत अन्तरले पछि पार्दै  मौसम प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। 

३६ हजार एक सय ५६ मत गणना गर्दा मौसमले १६ हजार नौ सय आठ मत पाए भने दाहालले १२ हजार एक सय १७ मत ल्याएका छन्। मौसम र दाहाल भन्दा अन्य छ उम्मेदवारले पाएको मत भन्दा बदर मतको संख्या धेरै छ। संघीय समाजवादी फोरमका एविराज आङ्देम्बेले दुई हजार ४० मत पाएका छन्।

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपेन्द्र चेम्जोङले एक हजार एक सय ५७,  जनसमाजवादी पार्टी नेपालका भिमबहादुर तामाङले आठ सय ५२, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले चार सय २९, नयाँ शक्ति पार्टी नेपालका नगेन्द्र प्रसाद नेम्बाङले एक सय १२ र मंगोल नेशनल अर्गनाइजेसनका राम कुमार तुम्रोकले ६२ मत पाएका हुन्। 

प्रदेश सभा क मा पनि बाम गठबन्धनकै उम्मेदवार गणेस काम्वाङ जित नजिक छन्। प्रदेश सभा क को अन्तिम नतिजा आइसकेको छैन।   
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार