एमालेले तनहुँमा खाता खोल्यो, किरण गुरुङ विजयी
पवन पौडेल | आइतबार, २४ मङि्सर २०७४
दमौली : नेकपा एमालेका मुख्यमन्त्रीका दावेदार स्थायी कमीटी सदस्य किरण गुरुङ तनहुँ प्रतिनिधिसभा अन्तर्गत प्रदेशसभा २ बाट विजयी भएका छन्। सार्वजनिक मतपरिणामअनुसार गुरुङले कुल सदर ३० हजार ५ सय ६० मध्ये १५ हजार ६ सय ३० मत पाएका छन्।
गुरुङका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका संसदीय दलका सचिव ध्रुव वाग्लेले १४ हजार २ सय १४ मत पाए। सुरुदेखि नै कडा प्रतिस्पर्धा देखिएको मतपरिणाममा सुरुमा गुरुङ अनि बीचमा वाग्लेले अग्रता लिएका थिए। गुरुङ १ हजार ४ सय १६ मतान्तरका साथ विजयी भएका छन्।
गुरुङ भानुमतिका स्थानीय हुन् भने वाग्लेको गृह क्षेत्र व्यास नगरपालिका हो।
सुरुदेखि नै मुख्यमन्त्रीको प्रचार गरिएका गुरुङको विजयले उनका लागि ढोका खोले पनि अर्का दावेदार लमजुङका पृथ्वीसुब्बा गुरुङकोसमेत जितले दुईबीच प्रतिस्पर्धा हुने ठानिएको छ।
कमेन्ट गर्नुहोस्
अन्य समाचार
दाङमा समानुपातिकमा कांग्रेस पहिलो
प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...
गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...
भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित
पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...
गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...
कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी
टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...