• निर्वाचन समाचार
advertisement

बाराको प्रदेशसभामा वाम गठबन्धनका बिश्वकर्मा बिजयी

आइतबार, २४ मङि्सर २०७४


बारा : बारा  क्षेत्र नम्बर ४क  प्रदेशसभामा वाम गठबन्धनका  सुन्दर बिश्वकर्मा बिजयी भएका छ्न् । नेकपा एमाले बाराका अध्यक्ष समेत रहेका बिश्वकर्मा ११ हजार ७ सय ७० मत ल्याएर विजयी भएका हुन् ।

बिश्वकर्मा नेपाली कांग्रेसका ओमकृष्ण कार्की भन्दा ३४४७ मत बढी ल्याउदै विजयी भए । कार्कीले ८ हजार  ८ सय २३ मत ल्याए । तेस्रो स्थानमा राजपाका उम्मेदवारले  ७ हजार ३ सय ८६ मत ल्याएका छन् । 

१५ जना उम्मेदवार रहेको यस स्थानमा बिवेकशील साझा पार्टीका बिनोद सापकोटाले सात सय ५१ मत ल्याएका छ्न्।  वाम गठबन्धनबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका एमाले नेता भरत खडकाले चार सय ७८ मत मात्रै प्राप्त गरेका छ्न् ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार