• निर्वाचन समाचार
advertisement

पुरानालाई हराउँदै समिमले मारे बाजी

मनोहर पोखरेल | आइतबार, २४ मङि्सर २०७४

प्रदेश २ सप्तरी निर्वाचन क्षेत्र - ३


सप्तरीः पुराना राजनीतिक हस्तीहरुलाई हराउँदै पराजीत गर्दै राजनीतिमा आएका नेपाली कांग्रेसका युवा नेता मोहम्मद समिमले प्रदेशसभा सदस्यमा विजयी भएका छन्। 

सप्तरीको प्रदेश सभा ३ (१) बाट नेपाली कांग्रेसका समिमले सबै पुराना राजनीतिक खेलाडीहरुलाई पराजीत गर्दै प्रदेशसभा सदस्यमा बिजयी भएका हुन् । 

राजपाका केन्द्रीय सदस्य दिनेश यादवलाई शनिबार रातिसम्म पछ्याइरहेका समिमले अन्तिममा  आएर बिहान पछाडि पारे । समिमले ११ हजार छ सय २८ मत ल्याएर निर्वाचित हुँदा यादव नौ हजार नौ सय ७९ मतमा खुम्चिए। 

समिमको जितसँगै पूर्वगाविस अध्यक्ष एवं जिल्ला विकास समितिका पूर्व सदस्य एमालेका महेशप्रसाद चौधरी, पूर्वगाविस अध्यक्ष स्वतन्त्रका जगन्नाथ मुन्धडा र लामो समयदेखि निरन्तर राजनीतिमा लागेका नयाँ शक्तिका उम्मेदवार रामदत्त साहले पराजय बेहोर्नु पर्‍यो।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश २ समाचार