• निर्वाचन समाचार
advertisement

स्थानीय तहमा हारेका चौधरी सांसद बने

मनोहर पोखरेल | आइतबार, २४ मङि्सर २०७४

प्रदेश २ सप्तरी


सप्तरी : स्थानीय तहमा पराजित चन्द्रकान्त चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। घोषित परिणामअनुसार सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ बाट राजपाका उम्मेदवार चौधरीले २२ हजार पाँच सय ८४ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले टिकट नदिए पछि स्वतन्त्रबाट डाकनेश्वरी नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका चौधरी पाँचौ स्थानमा रहेका थिए।

नाम चलेका कांग्रेसका हेभिवेट नेताहरुले पराजय व्यहोरिरहेको खबर आइरहेका बेला कांग्रेस त्यागेर राजपाबाट उम्मेदवार बनेका उनले पनि कांग्रेसका जिल्ला सभापति एवं जिल्ला विकास समितिका पूर्व सभापति दिनेशकुमार यादवलाई पराजित गरे। सँगै सोही क्षेत्रबाट उम्मेदवार रहेका उनका भाइ एवं गत संविधानसभाका निर्वाचित सांसद ताराकान्त चौधरीलाई पनि पराजयको मुख देखाए।

निर्वाचन अधिकृत भोजराज रेग्मीका अनुसार चौधरीले प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति दिनेशकुमार यादवलाई तीन हजार एक सय ८३ मतान्तरले हराएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी यादवले १९ हजार चार सय एक मत ल्याए। निवर्तमान सांसद एमालेका ताराकान्त चौधरीले ११ हजार एक सय ८८ मतमा चित्त बुझाए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश २ समाचार