• निर्वाचन समाचार
advertisement

कपिलवस्तु २ मा वामगठबन्धनका गुप्ता विजयी

दीपक आचार्य | आइतबार, २४ मङि्सर २०७४

प्रदेश ५ कपिलवस्तु निर्वाचन क्षेत्र - २


तौलिहवा: कपिलवस्तुको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का बृजेश कुमार गुप्ता विजयी भएका छन्। गुप्ताले कांग्रेसका जिल्ला सभापतिसमेत रहेका सुरेन्द्रराज आचार्यलाई ३ हजार ५ सय ८१ मत अन्तरले पराजित गरेका हुन्। गुप्ताले ३५ हजार १ सय ४७ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्दी सुरेन्द्रराज आचार्यले ३१ हजार ५ सय ६६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ओमकार उपाध्यायले जानकारी दिए।

कुल ७५ हजार ९ सय ८९ खसेको मतमध्ये ७१ हजार ९ सय १४ मत सदर भएको थियो भने  निर्वाचनको संघारमा राजपा नेपाल छाडेर स्वतन्त्र समूह बनाई एमालेको सूर्य चिन्हबाट चुनाव लडेका गुप्ताको विजयीसंगै जिल्लामा बामगठबन्धनले खाता खोलेको छ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार