• निर्वाचन समाचार
advertisement

पाल्पा २ मा वाम गठवन्धन विजयी

कृष्ण पोखरेल | आइतबार, २४ मङि्सर २०७४

प्रदेश ५ पाल्पा


पाल्पा : पाल्पा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधीसभा र दुवै प्रदेशसभामा वाम गठवन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधीसभा क्षेत्र न २ मा वाम गठवन्धनको तर्फबाट नेकपा एमालेका सोमप्रसाद पाण्डेले ३४ हजार ८ सय ९९ मत प्राप्त गरी विजयी भएका छन्। पाण्डेका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका हरिप्रसाद नेपाल २५ हजा ५ सय ५४ मत प्राप्त गरी पराजित भए। विजेता पाण्डेले नेपाली कांग्रेसका नेपाललाई १०३४५ मतले पराजित गरेका हुन्।

यसैगरी पाल्पा क्षेत्र नम्‍बर २ प्रदेशसभा क मा नेकपा एमालेका डा. पुरनमान बज्राचार्य विजयी भएका छन्। एमालेका बज्राचार्यले नेपाली कांग्रेसका माधवप्रसाद नेपाल ४ हजार ५ सय ७२ मतले पराजित गरेका छन्। विजेता बज्राचार्यले १८ हजार ४२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका नेपालले १३ हजार ४ सय ७० मत पाएका छन्।

यसैगरी पाल्पा क्षेत्र नम्बर २ ख मा वाम गठवन्धनतर्फका नेकपा माओवादी केन्द्रका तुलाराम घर्तिमगर विजयी भएका छन्। घर्तिमगरले नेपाली कांग्रेसका रामबहादुर कार्कीलाई ४ हजार ९ सय २६ मतले पराजित गरेका छन्। विजेता घर्तिमगरले १६ हजार ४ सय २२ मत पाएका छन् भने कार्कीले ११ हजार ४ सय ९६ मत प्राप्त गरी विजयी भएका छन्।

पाल्पामा २०१५ सालमा नेपाल कम्युनिष्ट पार्टीले १ निर्वाचन क्षेत्रमा जित हाँसिल गरेको थियो भने २०४८ सालमा नेपाली कांग्रेसले ३ वटै निर्वाचन क्षेत्रमा जित हाँसिल गरेको थियो भने २०५१ सालको मध्यवती निर्वाचनमा ३ वटै क्षेत्रमा नेकपा एमालले जित हाँसिल गरेको थियो भने २०५६ सालको निर्वाचनमा ३ वटै क्षेत्रमा नेकपा एमाले , २०६४ सालको संविधानसभा निर्वाचन २ मा एमाले र १ मा माओवादी र २०७० सालको निर्वाचनमा २ क्षेत्रमा एमाले र १ क्षेत्रमा नेपाली कांग्रेसले जित हाँसिल गरेको थियो। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार