• निर्वाचन समाचार
advertisement

प्यूठान १ बाट १२ हजार मतले रिजाल विजयी

केशर रोका | आइतबार, २४ मङि्सर २०७४

प्रदेश ५ प्यूठान


प्यूठान : प्रदेशसभा सदस्यका लागि प्यूठान क्षेत्र नम्बर १ बाट वाम गठवन्धनका साझा उम्मेदवार हरी रिजाल विजयी भएका छन्। आइतबार सार्वजनिक भएको मतपरिणाम अनुसार उनी निकटतम प्रतिस्पर्धी कांग्रेसका टेकप्रसाद भण्डारीलाई दोेब्बर मतले पछि पार्दै विजयी भएका हुन्।

रिजालले २४ हजार सात सय ३४ र भण्डारीले १२ हजार ६ सय ३८ मत पाएका छन्। दुईबीच १२ हजार ६ सय ३८ मतको अन्तर परेको छ। नौवहिनी गाउँपालिका–४ लुङ निवासी रिजालको मताधिकार क्षेत्र नम्बर २ मा भएपनि उनी १ बाट उम्मेदवार बनेका थिए।

२०२२ साल मंसिरमा जन्मिएका रिजालले २०३६ सालदेखि राजनीतिक यात्रा सुरु गरेका हुन्। नेकपा एमाले प्यूठानका निवर्तमान अध्यक्ष रिजाल २०३६ सालमा अनेरास्ववियू प्यूठानको संस्थापक अध्यक्ष भएका थिए। २०५४ सालको स्थानीय निकाय निर्वाचनमा उनी जिल्ला विकास समिति प्यूठानको उपसभापतीमा विजयी भएका थिए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार