• निर्वाचन समाचार
advertisement

विजयी सांसदलाई प्रमाणपत्र वितरण

कृष्ण सारु मगर | आइतबार, २४ मङि्सर २०७४

प्रदेश ३ मकवानपुर


हेटौंडा : मकवानपुरमा विजयी प्रतिनिधसभा र प्रदेशसभाका सदस्यलाई आइतबार बिहान प्रमाणपत्र वितरण गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले आज बिहानसम्ममा विजयी भएका प्रतिनिधिसभाका २ जना र प्रदेशसभाका ४ जना सदस्यलाई प्रमाणपत्र वितरण गरेको हो।

मकवानपुरका मुख्य निर्वाचन अधिकृृत खडानन्द तिवारीले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा विजयी कृष्णप्रसाद दाहाल, क्षेत्र नम्बर २ मा विजयी विरोध खतिवडा र प्रतिनिधिसभा क्षेत्र नम्बर १ को क मा विजयी प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, ख मा विजयी डोरमणी पौडेललाई प्रमाणपत्र वितरण गरे।

त्यस्तै मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क मा विजयी कुमारी मोक्तान र ख मा विजयी इन्द्र बानियाँलाई प्रमाणत्र वितरण गर्दै खादा र माला ओढाएर कार्यकालको सफलताको कामनासहित निर्वाचन अधिकृत तिवारीले प्रमाणपत्र वितरण गरे।

प्रत्यक्ष निर्वाचको मत गणना सकिएपछि मुख्य निर्वाचन अधिकृत तिवारीले सबै मतदाता,सुरक्षा निकाय ,राजनीतिक दल,सञ्चारकर्मी सबैलाई धन्यवाद दिए। समानुपातिकर्फतको मत गणना सोमबार बिहान १० बजेबाट सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार