• निर्वाचन समाचार
advertisement

कांग्रेसका चौधरी दाङ ३ (क) बाट २३ सय मतले विजयी

गोपाल शर्मा | आइतबार, २४ मङि्सर २०७४

प्रदेश ५ दाङ


दाङ : दाङ निर्वाचन क्षेत्र नम्बर ३ क मा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी विजयी भएका छन्। चौधरीले वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका पोलिटव्युरो सदस्य जगप्रसाद शर्मालाई पराजित गर्दै परिणाम आफनो पक्षमा पारेका छन्। दाङ वाममय हँुदा चौधरी एक्लैले भारी मतान्तरले शर्मालाई हराएका छन्। चौधरीले २३ सय ७६ मतले जितेका हुन्।

कांग्रेसका चौधरीको पक्षमा १७ हजार ३६ मत प्राप्त भएको थियो भने उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका उम्मेदवार जगप्रसाद शर्माले १४ हजार ७ सय मत प्राप्त गरेका छन्। २०४८ सालदेखि सामाजिक आन्दोलनबाट समाजमा स्थापित भएका चौैधरी २०५८ मा नेपाली कांग्रेस पार्टीमा आवद्ध भएका थिए। दाङको तुलसीपुरमा जन्मिएका चौधरी जिल्लाका विकासप्रेमी नेताको रुपमा चिनिदँ आएका छन्।

२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीकै उम्मेदवारसँंग पराजित चौधरी २०७० सालको संविधानसभाको निर्वाचनबाट संसदमा पुगेका थिए। चौधरी वर्तमान श्रम तथा रोजगार राज्यमन्त्री हुन्। कांग्रेसको गढमा वामले जितेका बेला चौधरी कांग्रेसबाट एक्लो बृहस्पति बनेर देखिएका छन्।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार