• निर्वाचन समाचार
advertisement

गुल्मीका सबै क्षेत्रमा वाम गठवन्धन विजयी

गंगा खड्का | आइतबार, २४ मङि्सर २०७४

प्रदेश ५ गुल्मी


गुल्मी : प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाका सबै क्षेत्रमा वाम गठवन्धनका उम्मेदवार विजयी भएका छन्। प्र्रतिनिधिसभा सदस्यमा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका पार्टी सचिव प्रदीप ज्ञवाली प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र भण्डारीलाई पछिपार्दै विजयी भएका हुन्। ज्ञवालीले ३७ हजार ५ सय ५५ र भण्डारीले २९ हजार ४ सय ५० मत ल्याएका छन्। चुनावी प्रतिस्पर्धामा उभिएका दुवै नेताको राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव मानिन्छ। २०६४ सालको संविधानसा निर्वाचनमा विजयी भएका ज्ञवाली २०७० मा पराजय भएका थिए। त्यसबेला भण्डारी विजयी भए। दुवै नेता जिल्लामा आलोपालो विजयी हुँदै आएका छन्।

प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर २ बाट वाम गठवन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन्। उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र केसीलाई भारी मतले पछिपार्दै विजयी भएका हुन्। विष्टले ३४ हजार ६ सय १८ र केसीले २० हजार १ सय ५७ मत लिएका छन्। विष्ट २०७० सालको संविधानसभा निर्वाचनमा समेत यसै क्षेत्रबाट विजयी भएका थिए। जिल्लाको विकास निर्माणमा सधैँ चिन्ता र चासो राखी महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आम मतदाताले उनलाई रोज्ने गरेको पाइएको छ। मतदाताका अनुसार आफ्नो क्षेत्रमा उनी लोकप्रिय मानिन्छन्।

प्रदेशसभा सदस्यमा समेत वाम गठवन्धनका उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर १(क)मा एमालेका खड्गबहादुर खत्री (ख) मा माओवादी केन्द्रका दिनेश पन्थी विजयी भएका छन्। क्षेत्र नम्बर २ (क) मा माओवादी केन्द्रका सुदर्शन बराल र (ख) मा एमालेका कमल श्रेष्ठ विजयी भए।

 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार