• निर्वाचन समाचार
advertisement

प्युठानको प्रदेशसामा वाम गठवन्धन विजयी

केशर रोका | आइतबार, २४ मङि्सर २०७४


प्युठान : प्रदेशसभा सदस्यका लागि प्यूठान क्षेत्र नम्बर १ बाट वाम गठवन्धनका साझा उम्मेदवार हरि रिजाल विजयी भएका छन्। आइतबार सार्वजनिक भएको मतपरिणाम अनुसार उनी निकटतम प्रतिस्पर्धी कांग्रेसका टेकप्रसाद भण्डारीलाई दोब्बर मतले पछिपार्दै विजयी भएका हुन्। 

रिजालले २४ हजार सात सय ३४ र भण्डारीले १२ हजार ६ सय ३८ मत पाएका छन्। दुई बीच १२ हजार ६ सय ३८ मतको अन्तर परेको छ। नौबहिनी गाउँपालिका-४ लुङ निवासी रिजालको मताधिकार क्षेत्र नम्बर २ मा भएपनि उनी १ बाट उम्मेदवार बनेका थिए। 

२०२२ साल मंसिरमा जन्मिएका रिजालले २०३६ सालदेखि आफ्नो राजनीतिक यात्रा थालेका हुन्। नेकपा एमाले प्यूठानको निवर्तमान अध्यक्ष रिजाल २०३६ सालमा अनेरास्ववियू प्यूठानको संस्थापक अध्यक्ष भएका थिए। २०५४ सालको स्थानीय निकाय निर्वाचनमा उनी जिल्ला विकास समिति प्यूठानको उपसभापतीमा विजयी भएका थिए। 

यसैबीच, प्रदेशसभाका लागि क्षेत्र नम्बर २ मा वामगठवन्धनबाट माओवादी केन्द्रका कृष्णध्वज खड्का विजयी भएका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति अमरप्रसाद भण्डारीलाई भारी मतले पछिपार्दै उनी विजयी भएका हुन्। 

खड्काले २७ हजार नौ सय १० मत ल्याएका छन् भने भण्डारीले १४ हजार १ सय ६८ मत प्राप्त गरेका छन्। दुईबीच १३ हजार ७ सय ४२ को मतान्तर छ। प्यूठान नगरपालिका विजुवार पूण्यखोला निवासी खड्का दोस्रो संविधानसभा निर्वाचन २०७० मा पराजय भएका थिए। उनले २०३५ सालदेखि राजनीतिक यात्रा शुभारम्भ गरेका हुन्। खड्का हाल पार्टीको जिल्ला संयोजक र केन्द्रीय सचिवालाय सदस्यको जिम्मेवारीमा छन्। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार