• निर्वाचन समाचार
advertisement

सांसदमा हार्दै आएका न्यौपाने सप्तरीबाट प्रदेशसभामा जिते

मनोहर पोखरेल | आइतबार, २४ मङि्सर २०७४

प्रदेश २ सप्तरी निर्वाचन क्षेत्र - ४


गोबिन्दबहादुर न्यौपाने।

सप्तरी : प्रतिनिधिसभाको निर्वाचनमा पटक-पटक निकटतम प्रतिद्वन्द्वी रहदै आएका एमाले सप्तरीका अध्यक्ष गोबिन्दबहादुर न्यौपाने प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। आइतबार बिहान ११ बजे घोषित परिणामअनुसार सप्तरीको प्रदेशसभा ४ (१) बाट सुरुङ्गा नगरपालिका ३ निवासी ६६ वर्षीय न्यौपाने भारी मतान्तरले विजयी भएका हुन्।

गत संविधानसभाको निर्वाचनमा बर्तमान खेलकुद राज्य मन्त्री तेजुलाल चौधरीसँग न्यौपाने २८६ मतअन्तरले पराजित भएका थिए। त्यसअघि २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभाको निर्वाचनमा सहभागी न्यौपानेले कडा टक्कर दिदै आएपनि सफलता प्राप्त गर्न सकेका थिएनन्।

न्यौपाने १५ हजार एक सय १३ मत ल्याएर प्रदेश सभामा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिताराम शाहले ११ हजार तीन सय ९५ मत ल्याए। फोरमका बिनोदकुमार चौधरी तीन हजार आठ सय २७ मतमा सीमित भए।    

देशभरी नै वाम गठबन्धनको लहर चले पनि सप्तरीमा वामगठबन्धनले बेहोर्नु परेको पराजयमा अध्यक्ष यादवको जितले थोरै राहत मिलेको कार्यकर्ताहरु बताउँछन्। 



 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश २ समाचार