• निर्वाचन समाचार
advertisement

डोटी ख को मतगणना स्थगित

खगेन्द्रबहादुर सिंह | आइतबार, २४ मङि्सर २०७४


डोटी : क्षेत्र नम्बर १ ख को मतगणना स्थगित भएको छ। प्रदेशसभा निर्वाचन क्षेत्र ख को मतगणना जारी भइरहेका बेला कांगेसका मतपत्रको पोकामा ५० वटा मत बढी भेटिएकाले तत्काललाई मतगणना स्थगित भएको हो।

पहिले नै गनेर राखिएको एक सय मतपत्रको पोकामा शंका लागि कांग्रेसका प्रतिनिधिले फेरि गणना गर्न भनेपछि फेरी गणना गर्दा ५० मत बढी फेला परेका हुन्। गणना भइसकेका अरु पोकाहरु पनि गणना गर्न माग राख्दै कांग्रेसले गणना कार्य स्थगित गर्न लगाएको छ।

सोही विषयलाई लिएर अहिले बैठक बसिरहेको छ। बैठकबाट समस्याको समाधान निकाली मतगणना कार्य जारी हुने मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन्। १२ बजेदेखि मतगणना कार्य स्थगित भएको हो।

अहिलेसम्मको मत परिणामअनुसार प्रदेशसभाको निर्वाचन क्षेत्र ख मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटव्युरो सदस्य त्रिलोचन भट्टले अग्रता लिएका छन्। उनले १२ हजार नौ सय ४४ मत ल्याएका छन् भने नेपाली कांगेसका योगेन्द्रबहादुर शाहीले १० हजार सात सय ४८ मत ल्याएर पछ्याइरहेका छन्।

त्यसैगरी प्रदेशसभाको निर्वाचन क्षेत्र क मा नेपाली कांग्रे्रसका भरतबहादुर खडलेले अग्रता लिएका छन्। उनले १६ हजार आठ सय ८८ मत ल्याएका छन् भने वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले १६ हजार दुई सय ३५ मत ल्याएर पछ्याइरहेका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र क को भने मत गणना जारी रहेको छ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार