• निर्वाचन समाचार
advertisement

डोटीमा वीरबहादुर र प्रेमबहादुरबीच कडा प्रतिस्पर्धा

खगेन्द्रबहादुर सिंह | आइतबार, २४ मङि्सर २०७४

प्रदेश ७ डोटी


डोटी : प्रतिनिधिसभा सदस्यमा कडा प्रतिस्पर्धा भइरहेको छ। नेपाली कांग्रेसका तर्फबाट नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर र वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका केन्द्रीय बैकल्पीक सदस्य प्रेमबहादुर आलेमगरबीच कडा प्रतिस्पर्धा भइरहेको छ। एक हजार ५२ मतले गठबन्धनका आलेमगर अगाडि छन् भने उनलाई बलायरले बछ्याइरहेका छन्।

अहिलेसम्म कांग्रेसका बलायरले २१ हजार ९ सय ७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका आलेमगरले २२ हजार ९ सय ५९ मत ल्याएका छन्। सुरुदेखिनै आलेमगरले अग्रता लिएको भएपनि मतअन्तर भने बढाउन सकिरहेका छैनन्। डोटीमा एउटा मात्र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको छ। प्रतिनिधिसभामा अहिलेसम्म ४६ हजार १ सय ९ मत गणना भइसकेको छ।

डोटीमा जम्मा एक लाख छ हजार पाँच सय ४३ मतदाता संख्या रहेका छन् भने जम्मा ६९ हजार तीन सय ६० मत खसेको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचनको मत गणना हुँदैछ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार