• निर्वाचन समाचार
advertisement

पाल्पाका सबै निर्वाचन क्षेत्रमा वामगठबन्धन विजयी

कृष्ण पोखरेल | आइतबार, २४ मङि्सर २०७४

प्रदेश ५ पाल्पा


पाल्पा: पाल्पाका दुई वटा प्रतिनिधीसभा र चार वटा प्रदेशसभामा वामगठबन्धका उम्मेदवारहरु विजयी भएका छन्। दुई प्रतिनिधिसभा र ३ वटा प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन भने एक वटा प्रदेशसभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

पाल्पा प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा एमालेका दलबहादुर राना विजयी भएका छन्। एमाले उम्मेदवार रानाले ३२ हजार ५ सय ४९ मत र नेपाली कांग्रेसका उम्मेदवार विजय घिमिरेले २३ हजार ९ सय ९३ मत पाएका छन्। कांग्रेसका घिमिरेलाई ८ हजार ५ सय ५६ मतले पछि पादै राना विजयी भएका हुन्। प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा एमालेका सोमप्रसाद पाण्डे विजयी भएका छन्।

एमाले उम्मेदवार पाण्डेले ३४ हजार ८ सय ९९ मत र कांग्रेसका उम्मेदवार हरिप्रसाद नेपालले २४ हजार ५ सय ५४ मत पाप्त गरे। कांग्रेसका नेपाललाई १० हजार ३ सय ४५ मतले पछि पादै पाण्डे विजयी भएका हुन्।

निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा क मा एमाले युवराज खनाल विजयी भएका छन्। कांग्रेसका देवराज ढकाललाई ३ हजार ९ सय २१ मतले पछि पादै एमालेका खनाल विजयी बनेका छन्। खनालले १७ हजार ८ सय ५१ मत र ढकालले १३ हजार ६ सय ६० मत प्राप्त गरेका छन्। प्रदेशसभा (ख) मा एमालेका नारायण आचार्य विजयी भएका छन्। कांग्रेसका दान बहादुर पछाइलाई ४ हजार २ सय ६३ मतले पछि पार्दै एमालेका उम्मेदवार आचार्य विजयी भएका हुन्। एमालेका आचार्यले १४ हजार ७ सय ६५ मत र कांग्रेसका उम्मेदवार पछाईले १० हजार ५ सय २ मत पाएका छन्।

निर्वाचन क्षेत्र नं २ अन्तर प्रदेशसभा (क) मा नेकपा एमालेका उम्मेदवार डा. पुरनमान बज्राचार्य विजयी भएका छन्। कांग्रेस माधव नेपाललाई ४ हजार ५ सय ७२ मतले पछि पार्दै एमालेका डा. बज्राचार्य विजयी भएका हुन्। एमाले उम्मेदवार डा. बज्राचार्यले १८ हजार ४२ र कांग्रेसका उम्मेदवार नेपालले १३ हजार ४ सय ७० मत पाए। प्रदेशसभा (ख) मा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीमगर (बसन्त) विजयी भएका छन्। कांग्रेसका राम बहादुर कार्कीलाई ४ हजार ९ सय २६ मतले पछि पादै माओवादी केन्द्रका घर्तिमगर विजयी भएका हुन्। घर्तिमगरले १६ हजार ४ सय २२ र काग्रेसका उम्मेदवार कार्कीले ११ हजार ४ सय ९६ मत पाप्त गरेका छन्।

प्रतिनिधिसभा र प्रदेशसभाका ६ वटै सिट जितेर पाल्पा जिल्ला वामगठबन्धनको किल्ला भएको छ। राप्रपा प्रजातान्त्रिको साथ लिएर चुनावी प्रतिस्पर्धामा रहेको कांग्रेसका उम्मेदवारलाई भारी मतान्तरले हराउँदै वामगठबन्धनले क्लिनस्वीप जिल्ला बनाएको हो। पाल्पामा २०१५ सालको निर्वाचन १ सिट जितेको नेपाल कम्युनिष्ट पार्टीले भुमिगत पञ्चायत विरोधी काम गर्दै आएको थियो। २०५१ र २०५६ को निर्वाचनमा तीन वटै क्षेत्र जितेको नेकपा एमाले यसपटक माओवादी केन्द्रसंग मिलेर पुन पाल्पा जिल्लालाई पुनरागमन गरेको छ। २०७० सालको संविधानसभा निर्वाचनमा दुई क्षेत्रमा एमाले र एक क्षेत्रमा काग्रेस विजयी भएको थियो।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार