• निर्वाचन समाचार
advertisement

रामेछापमा वामगठबन्धन विजयी

राजन गाउँले | आइतबार, २४ मङि्सर २०७४

प्रदेश ३ रामेछाप


सिन्धुलीः रामेछाप जिल्लामा वाम गठबन्धन विजयी भएको छ। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछाप जिल्लामा आइतबार सम्पन्न मतगणनाबाट प्रतिनिधिसभाका लागि वामगठबन्धनबाट माओवादी केन्द्रका श्याकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका पुर्ण बहादुर  तामाङ (कान्छाराम) लाई पछि पारेका हुन्। 

श्रेष्ठ ४२ हजार १ सय १७ मत ल्याई विजयी भएका हुन् भने तामाङले ३५ हजार ७ सय ७१ मत मात्र प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । दुबै प्रदेशसभामा पनि वाम गठबन्धनकै उमेदवारले जित हात पारेका छन्। 

रामेछापको प्रदेश सभा (क) मा  वामगठबन्धनबाट नेकपा एमालेका शान्ती पौडेल २२ हजार ३ सय ६९ मतले विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता रत्न कार्कीले १६ हजार १ सय ५८ मत प्राप्त गरेका छन्।

प्रदेश सभा (ख) मा पनि वामगठबन्धनबाट नेकपा एमाले कैलाश  ढुङ्गेल २६ हजार ९ सय ३५ मत ल्याउँदै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस  जितबहादुर मगर १४ हजार ७ सय २९ मतका साथ ढुङ्गेलसंग पराजित भएका छन्। रामेछापमा प्रत्यक्ष तर्फको दुबै तहको मतगणना सम्पन्न भएपछि समानुपातिक तर्फको मतगणना जारी छ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार