• निर्वाचन समाचार
advertisement

काभ्रेमा रत्न ढकालले वाम गठबन्धनको खाता खोले

आइतबार, २४ मङि्सर २०७४


बनेपा : काभ्रे  क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा वाम गठबन्धनका  उम्मेदवार रत्न ढकाल विजयी भएका छन्।  वाम गठवन्धनका साझा उम्मेदर ढकाल २५ हजार १ सय ६ मत ल्याएर विजय भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र तामाङले १७ हजार ८ सय ५५ मत पाएका छन्। ढकाल ७ हजार  २ सय ५१ मत बढी ल्याएर विजयी भएका हुन्। 

कालको राजनीतिक यात्रा
विद्यार्थी आन्दोलनमा निरन्तर रुपमा सक्रिय ढकालले २०७२ सालदेखि २०७३ सम्म अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भएर काम गरे। २०५५ सालमा माओवादीको पार्टी सदस्यता प्राप्त गर्दै मुल पार्टीको राजनीति थालेका ढकाल २०५७ सालदेखि ०५९ सालसम्म इलाका समिति सदस्य बनेका थिए। ०५९ सालदेखि ०६५ सम्म जिल्ला समिति सदस्य हुँदै सचिवालय सदस्य बनेका ढकाल ०६५ बाट २०७१ सम्म राज्य समिति सदस्य बने। ढकाल २०७३ सालदेखि माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य छन्। 

२०५० सालबाट अनेरास्ववियु (क्रान्तिकारी) मा संगठित भएका ढकालले २०५३ देखि २०५४ सम्म जागृति निम्न माध्यमिक विद्यालयको इकाई समिति अध्यक्ष भएर काम गरे। ०६३ देखि ०६५ सम्म अखिल क्रान्तिकारी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारीमा रहेका ढकालल २०६५ देखि २०६९ सम्म अखिल क्रान्तिकारी केन्द्रिय समितिको सचिवलय सदस्यको भूमिकामा थिए। 

२०६९ बाट २०७० सम्म अखिल क्रान्तिकारीको केन्द्रीय समिति सचिवको जिम्मेवारी कुशलतापूर्वक निभाउन सफल ढकाल २०७० सालदेखि २०७२ सालसम्म केन्द्रीय समितिको महासचिवको जिम्मेवारीमा रहेर काम गरेका थिए। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार