• निर्वाचन समाचार
advertisement

मतदान केन्द्र नजिकै विस्फोट भएपछि मतदान ढिला

शिव उप्रेती | आइतबार, १० मङि्सर २०७४

प्रदेश ४ गोरखा निर्वाचन क्षेत्र - १


गोरखाको लखन गाउँपालिका ७ मा मतदान गर्न लामबद्ध सर्वसाधारण। तस्बिरः प्रदीप वन्त/रासस

गोरखा : कालिका आधारभूत विद्यालय ढावे मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १, गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलमा रहेको केन्द्र नजिकै बम विस्फोट भएको प्रहरी नायव निरीक्षक राजेन्द्र कुमार कार्कीले जानकारी दिए।

बिहान ६ बजेतिर दुई पटक विस्फोटको आवाज आएको कार्कीले जानकारी दिए। बम विस्फोट र चिसोका कारण मतदान बिहान ९ बजेदेखिमात्र सुरु भएको मतदान अधिकृत नारायण अर्यालले जानकारी दिए।

त्यस्तै गोरखा नगरपालिका १० बाह्रकिलो नजिकै बम भेटिएको छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ उम्मेदवार रहेको गोरखा २ जाने सडक छेउमा बम भेटिएको प्रहरीले जनाएको छ। बम बिहान ९ बजेतिर नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

प्रदेश ४ समाचार