• निर्वाचन समाचार
advertisement

डोटी क्षेत्र १ प्रदेशभा (क)मा कांग्रेस विजयी

खगेन्द्रबहादुर सिंह | आइतबार, २४ मङि्सर २०७४


डोटी : डोटी क्षेत्र नम्बर १ प्रदेशसभा (क)को मतगणाना सकिएको छ । प्रदेशसभा (क) को अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका हुन्। 

वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष चक्रबहादुर मल्ललाई ६१४ मतअन्तरले पराजित गरेका हुन् । कडा प्रतिस्पर्धा भएको निर्वाचनमा कांग्रेसका खड्काले जम्मा १७ हजार ४०६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार मल्लले १६ हजार ७ सय ९२ मतप्राप्त गरेका छन् ।

०३९ सालदेखि विभिन्न पदमा रही स्थानीय तहको अनुभव बटुलेका ६० बर्षीय खड्का २०७० सालको संविधान सभाको निर्वाचनमा नेपाली कांंग्रेसबाट समानुपातिक कोटामा सभासद् भएका थिए ।

पूर्वीचौकी गाउँपालिकाका खिरसैनका स्थानीय खड्कासँग गाविस अध्यक्षदेखिको अनुभव छ । खड्का ०३९ सालमा खिरसैन गाविसको अध्यक्ष, ०४४ सालमा जिल्ला पञ्चायत सभापति, ०४९ सालमा जिल्ला विकास समितिमा उप सभापति भएका थिए ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार