• निर्वाचन समाचार
advertisement

धनुषा प्रतिनिधिसभा २ मा फोरम र ४ मा वाम गठबन्धनको जित

मनिका झा | सोमबार, २५ मङि्सर २०७४

प्रदेश २ धनुषा


जनकपुरधाम : प्रतिनीधिसभा अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र ४ मा वाम गठबन्धनको जित भएको छ।  धनुषा २ मा फोरमका उमाशंकर अरगरियाले ३२ हजार ४४ मत ल्याएर जित हात पारेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार रामचन्द्र झाले १८ हजार ७ सय १५ मत प्राप्त गरेका हुन् भने नेपाली कांग्रेसका रामकृष्ण यादवले १५ हजार ४ सय ४२ मत पाएका हुन्।

२०५२ सालमा नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका अरगरिया विभिन्न पार्टी हुदैं संघीय समाजवादी फोरममा प्रवेश गरि चुनाव लडेका हुन्। प्रदेशसभा अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर ख मा फोरम नेपालकै उम्मेदवार समाजसेवी रामअशिष यादव विजयी भएका हुन्।

यादवले १७ हजार १ सय ३१ मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रामचन्द्र मण्डलले ७ हजार १ सय ६२ मत पाएका हुन्। प्रदेशसभामा विजयी भएका यादव नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष समेत हुन्। उनी यस क्षेत्रमा गंगा सागर पोखरी सरसफाइका अभियन्ता र गंगा आरतीको प्रारम्भकर्ताको रुपमा निकै चर्चित छन्। 

यसै क्रममा धनुषा क्षेत्र नम्बर चारमा वाम गठबन्धनका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्। उनले २२ हजार ५ सय ३२ मत पाएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले १९ हजार ९ सय ९१ मत ल्याएका हुन् भने संघीय समाजवादी फोरम नेपालका महाजन यादवले १९ हजार ६ सय ६२ मत ल्याएर तेस्रो भएका हुन्। 

२०६४ सालमा संविधानसभाको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ४ बाट पराजित महासेठ त्यसपछि धनुषा ५ मा भएको उपचुनावमा विजयी भएक थिए। २०७० सालको चुनावमा क्षेत्र नम्बर ५ बाटै उम्मेदवार बनेका महासेठ पुनः पराजित भएका थिए। 
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश २ समाचार