• निर्वाचन समाचार
advertisement

एनपी साउँदलाई भारी मतले पराजित गर्दै नरबहादुर धामी निर्वाचित


महेन्द्रनगर : कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभातर्फ वामगठबन्धनका उम्मेदवार नरबहादुर धामी फराकिलो मतअन्तरले निर्वाचित भएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता एनपी साउँदलाई ८ हजार ३ सय २७ मत अन्तरले पराजित गर्दै धामी निर्वाचित भएका हुन्। धामीले ३३ हजार २ सय २० मत प्राप्त गरे भने साँउदले २४ हजार ८ सय ९३ मत प्राप्त गरे।

धामी यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका बहादुर थापासंग पराजित भएका थिए। विद्यार्थी राजनीतिका समयमा कञ्चनपुरमा चर्चित छवि बनाएका विद्यार्थी नेता धामी अनेरास्ववीयुको केन्द्रीय कोषाध्यक्षसम्मको जिम्मेवारी बहन गरिसकेका छन्।

हाल पार्टीमा अञ्चल कमिटी सदस्यमा आबद्व रहेका नेता धामी चर्चित जनज्योती गोलीकाण्डका घाइते विद्यार्थी नेता समेत हुन्। सिद्वनाथ बहुमुखी क्याम्पसमा स्ववियु सभापति हुदै उनी अनेरास्ववियुको केन्द्रीय कोषाध्यक्ष बनेका थिए।

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित सांसद धामीले आफूले जनताका पक्षमा सधै काम गर्ने बताए। ‘मलाई ठूलो विश्वास गरेर जनताले निर्वाचित गरेका छन्' उनले भने,‘ अहिलेसम्म यस क्षेत्रका प्रतिनिधिहरुले गर्न नसकेको काम गरेर देखाउने छु'। उनले निर्वाचनका समयमा जनतासामु गरेका प्रतिबद्वता पुरा गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार