• निर्वाचन समाचार
advertisement

बाबुरामले गरे मतदान

शिव उप्रेती | आइतबार, १० मङि्सर २०७४

प्रदेश ४ गोरखा


गोरखा :  गोरखा २ का प्रतिनिधिसभा उम्मेद्वार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मतदान गरेका छन् । अन्नपूर्ण मावि खोप्लाङ मतदान केन्द्रमा साँढे नौ बजे मतदान गरेका हुन् । 
मतदान गर्दै भट्टराईले मतान्तर निश्चित नभएपनि जित निश्चत भएको दावी गरे । जितपछि यसअघि प्रधानमन्त्री तथा अर्थमन्त्री हुँदा थालेको विकासको अभियानलाई अघि बढाउने जनाए । अघिल्लो कार्यकालमा संविधान बनाउने कार्यभार पूरा गरेको भन्दै उनले विकास र संवृद्धिको गतिलाई तिब्रता दिने जनाए । 

सोही क्षेत्रका अर्का उम्मेद्वार पूर्व सहयोद्धा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ परोपकार आदर्श मावि मतदानकेन्द्रमा बिहान साँढे सात बजे मतदान गरेका छन् । मतदान गर्दै उनले जित सुनिश्चत रहेको दाबी गरे । पार्टीको संगठन, बामगठबन्धनको सहयोग र आफ्नो निष्ठाको राजनीतिका कारण जनताले जिताउने उनको दाबी छ  ।
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

प्रदेश ४ समाचार