• निर्वाचन समाचार
advertisement

कञ्चनपुरमा बिना मगर दोब्बर मतले विजयी


कञ्चनपुर :  कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट वमगठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेत्री बिना मगर दोब्बर मत अन्तरले निर्वाचित भएकी छिन्।

आज बिहान सकिएको मतगणना अनुसार उनले कुल सदर भएको मतमध्य ३८ हजार ४ सय ६७ मत प्राप्त गरेकी छ्न्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिवान सिंह बिष्टले १९ हजार २ सय १९ मत प्राप्त गरेका छ्न्। बिना मगर यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट पराजित भएकी थिइन्। सो निर्वाचनमा दिवान सिंह बिष्ट भन्दा ७ सय कम मत ल्याएर पराजित भएकी बिनाले अहिलेको निर्वाचनमा तिनै दिवान सिंह बिष्टलाई दोब्बर मत अन्तरले पराजित गरेकी हुन्।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार