• निर्वाचन समाचार
advertisement

प्रतिनिधिसभामा २४ स्थानको नतिजा आउन बाँकी

अन्नपूर्ण | सोमबार, २५ मङि्सर २०७४


काठमाडौं : प्रतिनिधिसभा निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतगणना अन्तिम चरणमा पुगेको छ। सोमबार बिहान ८ बजेसम्ममा अन्नपूर्ण पोस्ट इलेक्सन पोर्टलमा प्राप्त नतिजाअनुसार अब २४ निर्वाचन क्षेत्रमा मात्र परिणाम आउन बाँकी छ।

मतपरिणाम घोषणा भएका १४१ क्षेत्रमध्ये ७४ स्थानमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। सबैभन्दा बढी सिट जितेर पहिलो दल बनेको एमालेले ७ क्षेत्रमा अग्रता कायम गरिरहेको छ। एमालेसँगको वाम गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले ३० स्थानमा जित हात पारेको छ भने ६ स्थानमा अग्रता कायम गरिरहेको छ।

नेपाली कांग्रेसले १८ सिट जितेर आफूलाई तेस्रो दल बनाएको छ। परिणाम घोषणा हुन बाँकी रहेका क्षेत्रमध्ये ३ स्थानमा मात्र अग्रता कायम गरिरहेको छ।

राजपाले ८ र संघीय समाजवादी फोरमले ७ स्थान जितेका छन्। उनीहरूले क्रमशः ४ र ३ स्थानमा अग्रता लिइरहेकोले केही सिट बढाउने सम्भावना देखिन्छ।

नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा र राप्रपाले १/१ सिट जितेका छन्। नेमकिपाले पनि अग्रता लिइरहेको भक्तपुर १ मा जित्ने निश्चित छ। प्रतिनिधिसभातर्फ १ सिट स्वतन्त्र उम्मेदवारले जितेका छन्।

कहाँ कहाँ नतिजा आउन बाँकी?

एमालेले अग्रता लिइरहेका स्याङ्जा १ र २, सुनसरी ३, कैलाली २, कञ्चनपुर ३, डोटी १ र काभ्रे २ मा नतिजा आउन बाँकी छ। माओवादी केन्द्रले अग्रता लिएका सिरहा २, अर्घाखाँची १, चितवन ३, धनुषा १, सल्यान १ र सर्लाही ३ मा नतिजा आउन बाँकी छ। कांग्रेसले अग्रता कायम गरेकाकांग्रेसले अग्रता लिएका सुनसरी २, सिरहा १ र उदयपुर १ मा नतिजा आउन बाँकी छ।

संघीय समाजवादीले अग्रता लिइरहेका पर्सा २ र ३ तथा महोत्तरी ४ मा नतिजा आउने क्रममा छ। राजपा अगाडि रहेका पर्सा ४, कैलाली १, सर्लाही १ र ४ मा पनि नतिजा आउने क्रममा छ। नेमकिपाले भक्तपुर १ मा अग्रता लिइरहेको छ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार