• निर्वाचन समाचार
advertisement

दोब्बर मतले नवलकिशोर विजयी

मनोहर पोखरेल | सोमबार, २५ मङि्सर २०७४

प्रदेश २ सप्तरी


राजविराज: सप्तरीको प्रतिनिधिसभा १ को 'ख' बा राजपा–फोरम गठबन्धनका उम्मेदवार ७० वर्षीय नवलकिशोर साह सुडी दोब्बरभन्दा बढी मतको अन्तरले विजयी भएका छन्। 

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारभन्दा सात हजार तीन सय १४ मत बढी ल्याएका राजपाका उपाध्यक्ष सुडीले १३ हजार छ सय ४७ मत ल्याएका छन्। कांग्रेसका उम्मेदवार बद्रीनारायण महात्मानले ६ हजार तीन सय ३३ र माओवादीका सकिल अलि मियाँले ६ हजार दुई सय ५७ मत ल्याए। 

हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका र कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ३, १० समाविष्ट सो क्षेत्र मधेस गठबन्धनको पकड क्षेत्रका रुपमा मानिन्छ। हनुमाननगर कंकालिनीमा सुडीकै छोरा शैलेशकुमार साह फोरमका उम्मेदवारलाई पराजित गरी प्रमुखमा निर्वाचित भएका थिए । तिरहुतमा भने राजपाका उम्मेदवारलाई पराजित गर्दै फोरमका हेमन्तकुमार बहडखेर अध्यक्षमा निर्वाचित भएका थिए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश २ समाचार