• निर्वाचन समाचार
advertisement

तेह्रथुमको तीनै सिटमा वाम–गठबन्धन विजयी

सपना बराल | सोमबार, २५ मङि्सर २०७४

प्रदेश १ ताप्लेजुङ निर्वाचन क्षेत्र - १


तेह्रथुम : तेह्रथुममा एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभातर्फ नेकपा एमालेका भवानीप्रसाद खापुङ निर्वाचित भएका छन्। खापुङले नेपाली कांग्रेसकी सीता गुरुङलाई २ हजार २१ मतले पराजित गरे।

खापुङले २१ हजार ३ सय ३५ र निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सीता गुरुङले १९ हजार ३ सय १४ मत गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रदेशसभा क मा एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी र ख मा पूर्व जिल्ला अध्यक्ष तेजमान तन्दङ्वा विययी भएका छन्। क मा तिवारीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानालाई १ हजार ४ सय ६६ मत अन्तरले पराजित गरे। तिवारीले ११ हजार ७ सय २६ र ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त गरेका छन्। 

उता ख मा तेजमान कन्दङवाले  प्याव्सन केन्द्रय अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका विजय सम्बाहाम्फेलार्ई २ हजार २ सय ५५ मतान्तरले पराजित गरेका हुन्। कन्दङवाले १० हजार ३ सय २ तथा सम्बाहाम्फेले ८ हजार ४७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। समानुपातिकतर्फको मतगणना १० बजेबाट सुरु भएको मुख्य निर्वाचन अधिकृत नारायण प्रसाद पराजुलिले बताए। 
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार