• निर्वाचन समाचार
advertisement

डोटीबाट वामगठबन्धनका प्रेम आले बिजयी

खगेन्द्रबहादुर सिंह | सोमबार, २५ मङि्सर २०७४

प्रदेश ७ डोटी


प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका वामगठबन्धनको तर्फबाट साझा उम्मेदवार प्रेमबहादुर आलेमगर। तस्बिरः खगेन्द्रबहादुर सिंह

डोटी: डोटीबाट प्रतिनिधिसभा सदस्यमा वामगठबन्धनकातर्फबाट नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य प्रेमबहादुर आलेमगर बिजयी भएका छन्। १ हजार ६ सय ३२ मतको अन्तरले नेपाली कांग्रेसका उम्मेदवार बीरबहादुर बलायरलाई पराजीत गर्दै आलेमगर बिजयी भएका हुन्।

बिजयी उम्मेदवार आलेमगरले ३२ हजार पाँच सय १० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका बीरबहादुर बलायरले ३० हजार आठ सय ७८ मत प्राप्त गरेका हुन् । निकै कडा प्रतिस्पर्धाका बीच भएको मतगणना सोमबार बिहान सकिएको थियो।

बिजयी हुँदै आलेमगरले आफ्नो जितले डोटीको विकासको ढोका खुलेको बताए। ‘म डोटीको तर्फबाट केन्द्रमा महत्वपूर्ण भूमिका निभाउने छु, सबैभन्दा पहिले संबिधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी रहेको छ, अनि डोटीको विकासको लागि लाग्ने छु ।'

उनले वामगठबन्धनको सरकारले देशको विकासको लागि अगाडि बढ्ने बताउँदै भने, ‘मेरो सबैभन्दा पहिलो प्राथमिकता डोटीलाई समृद्ध बनाउने रहनेछ ।'
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा डोटीको क्षेत्र नम्बर २ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका आलेमगर पराजीत भएका थिए भने २०७० सालको दोस्रो संविधानसभामा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजीत गर्दै बिजयी भएका थिए । नेकपा एमालेका डोटी इन्चार्जसमेत रहेका आलेमगर विकासवादी नेताका रुपमा परिचित रहेका छन्।

२०२८ बैशाख १५ गते जोरायल गाउँपालिका- २ मा जन्मेका प्रेमबहादुर आलेमगर अखण्ड सुदूरपश्चिमको आन्दोलनका नेतृत्वकर्ता थिए। २०६९ सालमा भएको अखण्ड सुदूरपश्चिमको आन्दोलनमा नेतृत्वदायी भुमिका खेलेका कारण उनी प्रदेश नम्बर ७ मा नै चर्चामा रहेका थिए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार