• निर्वाचन समाचार
advertisement

सर्लाही १ बाट राजपाका प्रमोद साह विजयी

सुनिल ठाकुर | सोमबार, २५ मङि्सर २०७४

प्रदेश २ सर्लाही निर्वाचन क्षेत्र - १


मलंगवाः सर्लाही क्षेत्र नं. १ को प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टी नेपालका प्रमोद साह विजयी भएका छन्। साह २२ हजार ३६ मत ल्याएर विजयी बनेका छन्। साहले वामगठबन्धनका ध्रुबप्रसाद गौतमलाई ५ सय ७१ मतले पछि पार्दै विजयी बनेका हुन्। गौतमले २१ हजार ४ सय ६५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले २० हजार ७५ मत ल्याएका छन् ।

साहले क्षेत्र नं. २ बाट चुनाव लड्न खोज्दा पार्टीले राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्र यादवलाई टिकट दिएपछि उनी क्षेत्र नं. १ मा गएका हुन् । साहलाई क्षेत्र नं. १ मा पर्यटक उम्मेदवारको रुपमा प्रचार गरिएको थियो ।

विधार्थी जीवनबाट राजनीति सुरु गरेका ३९ वर्षीय साह २०५५ सालमा  रा.रा.ब  जनकपुरबाट स्वतन्त्र विधार्थी युनियनको उप सभापतिमा  विजयी बनेका थिए। २०५७ मा नेपाल विधार्थी मंचको  महासचिव बनेका साह २०५७ सालमा रा.रा. ब क्याम्पसको सभापतिमा निर्वाचित भए।

२०५८ सालमा विद्यार्थी मंचको केन्द्रीय अध्यक्ष, २०६२ सालमा सद्भावना सर्लाहीको जिल्ला सचिव र २०६८ सालमा सद्भावना पार्टीको सर्लाही अध्यक्ष भई काम गरेका थिए । २०७० सालको दोश्रो संविधानसभामा क्षेत्र नं. ५ बाट सद्भावना पार्टीबाट चुनाव लडेका साह तराई मधेश लोकतान्त्रि पार्टीका जंगीलाल रायसंग पराजित भएका थिए ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश २ समाचार