• निर्वाचन समाचार
advertisement

११४ बर्षीया वृद्धाले गरिन् मतदान

भगीरथ अवस्थी | आइतबार, १० मङि्सर २०७४

प्रदेश ७ बैतडी


मतदान गर्दै ११४ बर्षीया पशुपति साउँद । तस्बिर : अन्नपूर्ण

बैतडी :  बैतडीका १८२ ओटै मतदानकेन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया जारी रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । उनले भने,‘जिल्लामा शान्तिपूर्ण मतदान भइरहेको छ । अहिलेसम्म त्यस्तो कुनै अप्रिय घटना घटेको छैन् । सबै ठाउँमा मतदान जारी रहेको छ ।'

जिल्लाका सबै मतदान केन्द्रमा मतदाताहरुको उत्साहपूर्ण  सहभागिता रहेको मुख्य निर्वाचन अधिकृत गौतमले बताए । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ८ मा रहेको ढोले मतदानकेन्द्रमा ११४ बर्षीया पुशपति साउँदले मतदान गरेकी छिन् । 

जिल्लाको पुरचौडी नगरपालिका वडा नं ८ मल्लादेहीमा रहेको डिलाशैनी निमावि केन्द्रबाट ८८ बर्षीया सरुली बोहराले मतदान गरेकी छिन् । बिहान ७ बजे उनले मतदान गरेको स्थानीयवासी राजेन्द्र लुहारले बताए । मतदान गर्दै बोहराले भनिन् ‘हाम्रो भोट शान्तिका लागि हो । बुढेसकालमा देशमा शान्ति र विकास भएको हेर्न चहान्छौं ।'

यस्तै सुर्नया गाउँपालिकाको भुमेश्वर मावि पत्थरकोट केन्द्रबाट ९० बर्षीय गगनसिंह कुँवरले मतदान गरेका छन् । 

 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार