• निर्वाचन समाचार
advertisement

सर्लाही २ मा राजपाका महेन्द्रराय यादव विजयी

सुनिल ठाकुर | सोमबार, २५ मङि्सर २०७४

प्रदेश २ सर्लाही


मलंगवा : सर्लाही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव विजयी भएका छन्। महेन्द्रले नेपाली कांग्रेसका जंगीलाल रायलाई १० हजार २ सय १५ मतको फराकिलो मतान्तरले पराजित गरेका छन्। महेन्द्रले २९ हजार १ सय ९१ मत ल्याएका छन्। जंगीलाल रायले १८ हजार ९ सय ७६ मत प्राप्त गरेका छन्।

महेन्द्र २०३६ सालबाट विधार्थी आन्दोलनबाट राजनीतिक सुरु गरेका हुन्। उनी २०३७ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएर औपचारिक रुपमा राजनीतिक सुरु गरेका हुन्। नेता यादवले २०४६ सालको प्रजातान्त्रिक आन्दोलनको समयमा १ महिना जेल जीवन बिताएका थिए। २०४८ सालको निर्वाचनमा पराजय भोगेका यादव २०५१ र २०५६ सालको निर्वाचनमा विजयी भए। २०६२ सालमा एमाले परित्यागत गरी तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गरेका महेन्द्रले पार्टीको महासचिव भई काम गरे।

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा तमलोपाको तर्फबाट सामानुपातिक सभासद भए। २०६६ सालमा तमलोपाबाट अलग भएर तराई मधेश सद्भावना पार्टी गठन गरेका महेन्द्र २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा तमसपाबाट विजयी भएका थिए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश २ समाचार