• निर्वाचन समाचार
advertisement

डडेल्धुरामा २८ सय ५६ मत वदर

बन्दना बम | सोमबार, २५ मङि्सर २०७४

प्रदेश ७ डडेलधुरा


डडेल्धुरा : डडेल्धुरा जिल्लामा स्थानीय तहको भन्दा वदरमतको संख्या घटेको छ। डडेल्धुरामा खसेको कुल मत ५४ हजार ९८ मा २ हजार ८ सय ५६ मत वदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ। तर नतिजा भने नआएको निर्वाचन कार्यालयका प्रमुख कृष्णसिंह नायकले बताए। स्थानीय तहको भन्दा केही प्रतिशत वदर मत घटाउन सफल भया तर पनि सोचे जति सफलता भने प्राप्त गर्न नसकेको उनले बताए।

हामीले स्थानीय तहको भन्दा वदर मतको संख्या घटाउन सकेपनि सोचेजस्तो नतिजा नआएको मतदाता शिक्षा स्वयम सेवकहरु बताउँछन्। निर्वाचन शिक्षा प्रभावकारी नहुँदा धेरै मत वदर भएको निर्वाचन अधिकारीले बताए।

ढिलागरी मतदाता शिक्षा लागू हुनु र दुर्गम बस्तीमा स्वयम सेवक पुग्न नसक्दा मतहरु वदर भएका हुन्। दलहरुले आयोजना गरेका चुनावी सभामा निर्वाचन शिक्षा प्रदान गर्नाले पनि वदर मतको संख्या घटेको नेपाली कांग्रेसका जिल्ला सदस्य गोकुलबहादुर शाहीले बताए। पहिलेको तुलनामा अहिलेका मतदाता पढेलेखेका र बुढापाकालाई पुरानो अनुभवको आधारले पनि बदर मतको संख्या घटेको नेकपा एमालेका जिल्ला उपाध्यक्ष वीरेन्द्र बस्नेतले बताए।

स्थानिय तहमा मतपत्र मतदातालाई झुक्याउने खालको भएकाले वदर मतको संख्या बढेको बस्नेत बताउँछन्। ८१ हजार ७ सय ३५ मतदाता रहेको डडेल्धुरामा ५४ हजार ७७ मत खसेका र त्यसमा २८ सय ५६ मत वदर भएको मुख्य निर्वाचन अधिकृत डा. रमेशप्रशाद रिजालले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार