• निर्वाचन समाचार
advertisement

महोत्तरी ४ मा फोरमका यादव विजयी, जिल्लामा कांग्रेस निल

राजकरण महतो | सोमबार, २५ मङि्सर २०७४

प्रदेश २ महोत्तरी


सुरेन्द्रकुमार यादव

महोत्तरी : महोत्तरीमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत सबै क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। चारवटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभा रहेको महोत्तरीमा पछिल्लोपटक सार्वजनिक मतपरिणाअनुसार प्रतिनिधिसभा ४ मा संघीय समाजवादी फोरमका सुरेन्द्रकुमार यादव विजयी भएका छन्।

यादवले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रकुमार रायलाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गरे। यादवले १८ हजार ३५३ मत पाए भने रायले १२ हजार ९४५ मत पाए। वाम गठबन्धनका उम्मेदवार मो रजी हैदरले १२ हजार ९४५ मत पाए।

महोत्तरीमा दुई सिट राजपाले पाएको छ भने संघीय समाजवादी र माओवादी केन्द्रले एक एक सिट जितेका छन्। प्रतिनिधिसभा १ बाट माओवादी केन्द्रका गिरिराजमणि पोखरेल, २ बाट राजपाका शरतसिंह भण्डारी, ३ बाट राजपा अध्यक्ष महन्थ ठाकुर र ४ बाट संघीय समाजवादीका सुरेन्द्रकुमार यादव निर्वाचित भएका हुन्।

प्रदेशसभाका ८ सिटमा ४ सिट राजपाले जितेको छ भने दुई सिट संघीय समाजवादीले जितेको छ। एमाले र माओवादी केन्द्रले प्रदेशसभामा १/१ सिट जितेका छन्।

प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा महन्थ ठाकुरलाई समर्थन गरेको कांग्रेसले अन्य प्रदेश तथा प्रतिनिधिसभाका क्षेत्रमा भने आफ्ना उम्मेदवार उठाएको थियो। तर उसले कतै पनि जित हात पार्न सकेन। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश २ समाचार