• निर्वाचन समाचार
advertisement

समानुपातिकमा पनि एमाले पहिलो

सीताराम गुरागाई | सोमबार, २५ मङि्सर २०७४

प्रदेश १ ताप्लेजुङ निर्वाचन क्षेत्र - १


ताप्लेजुङ : ताप्लेजुङमा समानुपातिकतर्फको पनि मतगणना सम्पन्न भएको छ। सोमबार सकिएको मतगणनामा २० हजार ७ सय ४० मत प्राप्त गरी समानुपातिकतर्फ पनि एमाले पहिलो दल बनेको छ। एमालेले कांग्रेस भन्दा ५ हजार ९ सय ४१ मत बढी ल्याएको हो। कांग्रेसले १४ हजार ७ सय ९९ मत पाएको छ। माओवादी केन्द्रले ६ हजार ३ सय ४१ मत प्राप्त गरेको छ। 

लिम्बुवान राज्य हुनुपर्ने माग राख्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च चौथो पार्टी भएको छ। उसले २ हजार ९ मत पाएको छ। प्रतिनिधिसभातर्फ खसेको  कुल ५१ हजार ७ सय ४८ मतमध्ये ४ हजार ६ सय ९२ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। प्रदेशसभा ‘क’ मा एमालेले १० हजार ८ सय ११, कांग्रेसले ७ हजार ४ सय ५८ र नेकपा माओवादी केन्द्रले ३ हजार ४ सय ४१ मत प्राप्त गरेका छन्। 

यो क्षेत्रमा २८ हजार ९ सय ६६ मत खसेको थियो भने ३ हजार ५ सय २१ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले बताए। उता प्रदेशसभा ‘ख’ मा पनि पहिलो बनेको एमालेले ८ हजार ३ सय ८ कांग्रेस ६ हजार १ सय ५५ र माओवादीले २ हजार ८ सय ९७ मत प्राप्त गरेका छन्। 

उक्त क्षेत्रमा २२ हजार ७ सय ८२ मत झरेकोमा ३ हजार ६ सय ३ मत बदर भएको कार्यालयले जनाएको छ। योसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै प्रक्रिया सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए।  

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार