• निर्वाचन समाचार
advertisement

कञ्चनपुर ३ मा भट्ट विजयी, रमेश लेखक २५८ मतले पराजित

अन्नपूर्ण | मङ्गलबार, २६ मङि्सर २०७४

प्रदेश ७ कंचनपुर निर्वाचन क्षेत्र - ३


विजयी भट्ट र निकटतम प्रतिद्वन्द्वी लेखक।

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनमा देशव्यापी धक्का बेहोरेको नेपाली कांग्रेसका अर्का एक प्रभावशाली नेताले झिनो मतान्तरले चुनाव हारेका छन्। कञ्चनपुर ३ बाट कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले २५८ मतले निर्वाचनमा पराजय बेहोरेका हुन्।

लेखकलाई वाम गठबन्धनका उम्मेदवार एमालेका दीपकप्रसाद भट्टले २६ हजार ३६४ मत ल्याएर पराजित गरे। लेखकले २६ हजार १०६ मत ल्याए।अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका भट्ट २०५२ सालदेखि राजनीतिमा सक्रिय छन्। २०५८ सालमा राष्ट्रिय परिषद सदस्य, २०५८ मा अनेरास्ववियु अध्यक्ष र २०६७ सालमा सम्पर्क समन्वयन कमिटीका सदस्य रहेका भट्ट सेना समायोजन विशेष समितिका सदस्य समेत थिए। 

प्रदेश नम्बर ७ बाट प्रतिनिधिसभामा १६ सिट रहेकोमा कांग्रेसले एउटामात्र सिट जितेको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुराबाट चुनाव जितेका हुन्।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार