• निर्वाचन समाचार
advertisement

सबै क्षेत्रमा वाम गठबन्धन, ८ हजार २ सय मत बदर

श्रीराम केसी | मङ्गलबार, २६ मङि्सर २०७४

प्रदेश ३ काभ्रेपलान्चोक


बनेपा: प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि काभ्रेपलाञ्चोक जिल्लाका सबै ६ सिट वाम गठबन्धनले जितेको छ । सोमबार बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार सबै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

काभ्रेको प्रतिनिधिसभा १ मा माओवादी केन्द्रका गंगाबहादुर दोङले ४३ हजार ६ सय ३१ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी कांग्रेसका तीर्थ लामाले ३९ हजार ६ सय ५ मत पाए ।
काभ्रेको प्रदेशसभा १ ‘क' मा वाम गठबन्धनका रत्न ढकाल ठूलो मत अन्तरले विजयी भए । उनले २५ हजार १ सय ६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सिबी लामाले १७ हजार ८ सय ५५ मत पाए । काभ्रे १ को प्रदेशसभा ‘ख' मा वाम गठबन्धनका चन्द्र लामाले २४ हजार ४ सय ४७ मत ल्याएर जिते भने उनका प्रतिस्पर्धी कांग्रेसका गणेश लामाले २० हजार २ सय ७० मत पाए ।

काभ्रे प्रतिनिधिसभा २ मा एमालेका गोकुल बाँस्कोटा ५४ हजार ४ सय २७ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी कांग्रेसका मधु आचार्यले ३६ हजार ५ सय ७९ पाए । बाँस्कोटाले आचार्यलाई १७ हजार ८ सय ४८ मतान्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए । काभ्रे २ को प्रदेशसभा ‘क' मा एमाले नेता लक्ष्मण लम्साल २७ हजार ६ सय २१ मतले विजयी भए भने उनका प्रतिस्पर्धी कांग्रेसका सुन्दरमणि आचार्यले १६ हजार ५ सय ८९ मत पाए । काभ्रे २ को प्रदेशसभा ‘ख' मा एमालेका उम्मेदवार वसुन्धरा हुमागार्इं धेरै मतअन्तरले जितेका छन् । हुमागार्इंले २८ हजार ६ सय ७७ मत प्राप्त गरी जितेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका कञ्चनचन्द्र बादेले २१ हजार ७ सय ८० मत प्राप्त गरे । प्रतिनिधिसभा २ मा ९९ हजार ३ सय २८ मत खसेकोमा ४ हजार ९९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

काभ्रेमा मत बदर ४ प्रतिशत
काभ्रेमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ४ प्रतिशत मत बदर भएको मुख्य निर्वाचन कार्यालय धुलिखेलले जनाएको छ । काभ्रे प्रतिनिधिसभा १ मा खसेको ९९ हजार ३ सय २८ मतमध्ये ४ हजार ९९ मत बदर भएको छ भने काभ्रे २ मा कुल खसेको ९३ हजार ५ सय ४२ मतमध्ये ४ हजार २ सय मत बदर भएको निर्वाचन कार्यालय काभ्रेका प्रमुख मधुकर पोखरलले जानकारी दिए ।

सर्वसाधारणले मतदाता शिक्षा कमजोर भएकाले ४ प्रतिशत मत बदर भएको बताएका छन् । जिल्लाका कुल २ लाख ७२ हजार २ सय ९२ मतमध्ये १ लाख ९२ हजार ८ सय ७० मत अर्थात् ७३ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

काभ्रे कांग्रेसको बधाई
काभ्रे कांग्रेसले वाम गठबन्धनका विजयी उम्मेदवारलाई बधाई दिएको छ । पार्टीले सोमबार बिहान गरेको पत्रकार सम्मेलनमा चुनाव प्रचारप्रसार समितिका अध्यक्ष तथा पूर्व जिल्ला सभापति शिवप्रसाद हुमागाईंले ६ क्षेत्रबाट निर्वाचिन वाम गठबन्धनका उम्मेदवारलाई बधाई दिँदै काभ्रेलाई समृद्ध बनाउने अभियानमा कांग्रेसको साथ रहने बताए । निर्वाचनमा हारजीत स्वाभाविक भएको बताउँदै कांग्रेसलाई मतदान गर्ने सबैलाई धन्यवाद दिए ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार