• निर्वाचन समाचार
advertisement

गृहजिल्ला छाडेपछि कार्कीलार्इ सफलता

रत्नप्रसाद आचार्य | मङ्गलबार, २६ मङि्सर २०७४

प्रदेश १ सुनसरी निर्वाचन क्षेत्र - ४


धरान: गृहजिल्ला भोजपुरबाट सफलता हात पार्न नसकेका कांग्रेस नेता एवं अर्थमन्त्री ज्ञानेन्द्र कार्की सुनसरीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । क्षेत्र नम्बर ४ मा कार्कीले ३२ हजार तीन सय ४७ मत प्राप्त गरी एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले २५ हजार सात सय ५० मत प्राप्त गरेका छन् ।

विगतमा भोजपुरबाट चुनाव लड्दा आफ्नै पार्टीका नेता बागी बनेपछि कार्कीले जित हात पार्न सकेका थिएनन् । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री बनेदेखि नै उनी सुनसरीमा पार्टी संगठन विस्तारमा लागेका थिए । उनको जितले सुनसरीको विकासमा थप सहयोग पुग्ने मतदाताको अपेक्षा छ ।

‘सुनसरीवासीले जसरी मलाई जिताएका छन्, उहाँहरूको मतको कदर गर्दै यस क्षेत्रको विकास निर्माण र अन्य कामका लागि सदैव लागिरहनेछु’, उनले अन्नपूर्णसँग भने । आफूले मतदातासामु गरेका प्रतिबद्धता पूरा गरी नेपाली भूमि अतिक्रमण भएको विषयलाई कूटनीतिक ढंगले समाधान गर्न पहल गर्ने उनले बताए ।

क्षेत्र नम्बर १ को प्रदेशसभा (२) बाट एमाले सचिव भीम आचार्य विजयी भएका छन् । आचार्यले २० हजार दुई सय ११ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुद्धि कटवालले १२ हजार नौ सय ६४ मत ल्याएका छन् । क्षेत्र नम्बर १ कै प्रदेशसभा (१) मा एमालेका प्रदीप भण्डारी १९ हजार दुई सय ४३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किशोर राईले १३ हजार सात सय ७० मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका जयकुमार राईले संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईलाई भारी मतान्तरले पराजित गरेका छन् । जयकुमारले ४४ हजार पाँच सय २८ मत प्राप्त गर्दा अशोकले २२ हजार एक सय २३ मत ल्याएका हुन् । खोटाङ, उदयपुरबाट चुनाव लड्दै आएका अशोक यसपटक कांग्रेसको समर्थनमा सुनसरीबाट उठेका हुन् ।
क्षेत्र नम्बर २ को प्रदेशसभा (१) मा एमालेका सर्वध्वज साँवा २४ हजार ६ सय ७४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हेमकर्ण पौडेलले १९ हजार दुई सय ४५ मत प्राप्त गरेका छन् । साँवाले इटहरीलाई प्रदेश नम्बर १ को राजधानी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यमा एमालेका लिलम बस्नेत १९ हजार ६ सय ६५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कुमार थापाले १७ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, क्षेत्र नम्बर ४ (१) मा एमालेका जगदीश कुसैयत १६ हजार ६ सय ९० मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रेवती दुलालले १५ हजार दुई सय ८२ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर ४ कै प्रदेशसभा (२) मा कांग्रेसका महम्मदताहिर मियाँ ११ हजार आठ सय २५ मत प्राप्त गरी विजयी भएका छन् ।

कांग्रेसका मेहता विजयी
इटहरीः वाम गठबन्धनका उम्मेदवारलाई झन्डै ६ हजार मतले पराजित गर्दै सुनसरी क्षेत्र नम्बर २ बाट कांग्रेसका सीताराम मेहता विजयी बनेका छन् । मेहताले ४१ हजार चार सय ९५ र वामपन्थी उम्मेदवार डम्बरु सुवेदी (हिमाल)ले ३५ हजार तीन सय ४९ मत प्राप्त गरेका छन् । यो क्षेत्र एमालेको किल्ला मानिँदै आए पनि कांग्रेसका मेहताले जित हासिल गरेका हुन् । मेहताले अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर ४ बाट संविधानसभा सदस्यमा जित हासिल गरेका थिए । क्षेत्र नम्बर २ बाट एमालेका रेवतीरमण भण्डारी आठ हजार मतान्तरले विजयी बनेका थिए । निर्वाचन क्षेत्र परिमार्जन भई २ मा दक्षिण सुनसरीका केही गाविस समेटिएका थिए ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार