• निर्वाचन समाचार
advertisement

धनुषा प्रतिनिधिसभा १ मा मातृका यादवको जित

मनिका झा | मङ्गलबार, २६ मङि्सर २०७४


जनकपुरधाम :  प्रतिनिधिसभा अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएका छन्। यादवले २६ हजार ४ सय १८ मत प्राप्त गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीले १७ हजार २ सय १६ मत ल्याए। धनुषा १ मा नेपाली कांग्रेस तेस्रो स्थानमा पुगेको छ। कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुंगानाले १५ हजार ६ सय ७९ मत प्राप्त गरे।
 
२०२८ सालमा कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका यादव २०३४मा चौथो महाधिवेशनबाट मसालमा प्रवेश गरेका थिए। माओवादी जनयुद्धका बेला उनले मधेस ब्युरोको नेतृत्व गरे। २०६३ सालको अन्तरिम व्यवस्थापिका संसदमा प्रतिनिधित्व गरेका यादव २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद बनेका थिए। २०६३ सालमा वनमन्त्री र २०६५ सालमा भूमिसुधार मन्त्री बनेका मातृका आफ्ना भ्रष्टाचारविरोधी अभियानका कारण देशैभरी चर्चित भएका थिए। 

उनी वनमन्त्री भएका बेला ललितपुरका तत्कालीन स्थानीय विकास अधिकारीलाई  भ्रष्टाचारमा संलग्न भएको भन्दै शौचालयमा थुनेका थिए। ललितपुरमा सञ्चालित ढुंगाखानीले वातावरणमा असर गरेको भन्दै खानी बन्द गर्न यादवले निर्देशन दिँदा पनि स्थानीय विकास अधिकारीले नमानेपछि आक्रोशित भएका यादवले उनलाई शौचालयमै थुनेका थिए।नेपाली नागरिकताको प्रमाण पत्र लिन ढाका टोपी नै लगाएको तस्बिर राख्नुपर्ने व्यवस्थाविरुद्ध समेत लडाई लडेर समेत उनी निकै प्रख्यात भएका हुन्।
 
उनले आफ्नो छोरा अमरकुमार यादवलाई नागरिकता दिलाउन बिना टोपीकै तस्बिरसहितको फोटो राखेर नेपाली नागरिकताको प्रमाण पत्र पाउनुपर्छ भन्ने अडान राखेका थिए। पछि बिना ढाका टोपीकै नेपाली नागरिकताको प्रमाण पत्र उनले आफ्ना छोरालाई दिलाए। जो कि नेपालमै ऐतिहासिक परिवर्तन थियो। शान्ति प्रक्रियामा आउँदा अनमिनका प्रमुख इयान मार्टिन समक्ष मधेस मुद्दालाई अन्तर्राष्ट्रियकरण गराउन दवाव दिएका मातृकाकै कारणले मधेस भन्ने शव्द संयुक्त राष्ट्र संघमा पहिलो पटक पुगेको हो।  

जनआन्दोलन पश्चात गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम संसदमा मातृका यादव पनि सांसद बने। कोइरालाको नेतृत्वमा उनलाई वन मन्त्री बनाइयो । मन्त्री पदको शपथ लिँदा मैथिली भाषामा नै शपथ लिने अडान लिएपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अस्वीकार गरेका थिए। तर, मातृकाको अडानसामु कोइराला पनि वाध्य भए। त्यसपछि नेपालको इतिहासमा पहिलो पटक उनले मैथिली भाषामा मन्त्री पदको शपथ लिएका थिए।

धोतीकुर्ता पहिरणमा मैथिली भाषामा शपथ लिएपछि उनी मिथिलाञ्चल क्षेत्रमा अत्यन्तै चर्चित भएका थिए। 
अन्तरिम कालमा उनी दुई पटक मन्त्री बने भने पहिलो संविधानसभामा प्रचण्डको नेतृत्वमा समेत एक पटक मन्त्री बने। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार