• निर्वाचन समाचार
advertisement

हुम्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो

नवराज महतारा | मङ्गलबार, २६ मङि्सर २०७४

प्रदेश ६ हुम्ला


सिमकोट : गत मंसिर १० गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा समानुुपातिकतर्फ हुम्ला जिल्लामा नेपाली कांग्रेस पहिलो दल भएको छ। प्रत्यक्षको तुलनामा अन्य दलहरुले समानुपातिकतर्फ निक्कै कम मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद शर्मा पौडेलले बताए।

प्रतिनिधिसभाको प्रत्यक्षमा ८ हजार ४४ सय ४ मत ल्याएको नेपाली कांग्रेसले समानुपातिकमा ७ हजार ९ सय ३२ मत ल्याएको छ भने प्रदेशसभाको प्रत्यक्षमा ९ हजार ३ सय ३० मत ल्याएको कांग्रेसले समानुपातिकमा ७ हजार ४ सय ३३ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत शर्मा पौडेलले जानकारी दिए।

समानुपातिकतर्फ वाम गठबन्धनका माओवादी केन्द्र जिल्लाको दोस्रो ठूलो दल बनेको छ। प्रतिनिधिसभा प्रत्यक्षमा २ हजार ७ सय ५६ मत ल्याएको माओवादी केन्द्रले समानुपातिकको प्रतिनिधिसभामा ५ हजार ८ सय ६४ मत र प्रदेशसभामा ५ हजार २ सय मत ल्याएको छ। गठबन्धनको मूख्य घटक नेकपा एमाले समानुपातिक तर्फको मतअनुसार तेस्रो दलका रुपमा स्थापित भएको छ। एमाले प्रतिनिधिसभामा ५ हजार ४ सय ८६ मत ल्याएर तेस्रो भएको छ भने प्रदेशसभामा ५ हजार ६ सय २३ मत ल्याएर दोस्रो भएको मुख्य निर्वानच अधिकृतको कार्यालयले जनाएको छ।

जिल्लामा भएका १९ वटा राजनीतिक दलले संघ र प्रदेशमा समानुपातिकमा मत प्राप्त गरेका छन्। हुम्लाबाट समानुपातिकमा मत प्राप्त गर्ने अन्य दलमा नयाँशक्ति, जन समाजवादी पार्टी, राप्रपा राष्ट्रवादी एकिकृत, विवेकशील साझा पाटी, नेकपा माले, जनमोर्चालगायतका पार्टीहरु भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद वास्कोटाले बताए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ६ समाचार