• निर्वाचन समाचार
advertisement

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

सुनिल ठाकुर | मङ्गलबार, २६ मङि्सर २०७४

प्रदेश २ सर्लाही


मलंगवा : आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित मतपेटिकालाई जस्ताको त्यस्तै राखी मतगन्ने कार्य बिहान ९ बजेदेखि सुरु गरिएको छ।

गणनाका क्रममा क्षेत्र नम्बर ४ मा पर्ने बलरा नगरपालिका ४ मा रहेको आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा ७ मध्ये ५ वटा मात्रै शिल गरिएको भेटिएपछि दलहरुबीच विवाद भएको थियो। विवाद नमिलेपछि आइतबार राती १२ बजे मतगणना स्थगित गरिएको थियो। विवादित मतपेटिकाको विषयमा अहिले छलफल भइरहेको छ। 

स्थतगित हुनुभन्दा अगाडिसम्म राजपाका राकेश मिश्रले १६ हजार ३ सय १८ र कांगे्रसका अमरेशकुमार सिंहले १५ हजार ९ सय ३६ मत प्राप्त गरेका छन्। अहिले ३ स्थानमा मतगन्ने कार्य भइरहेको छ। मंगलबार बेलुकासम्म मतगणना जसरी पनि सकाउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनाको विषयलाई लिएर सोमबार बेलुका झडप समेत भएको थियो।अहिले मतगणना स्थलमा प्रहरी परिचालन गरिएको छ।

 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश २ समाचार