• निर्वाचन समाचार
advertisement

सङ्खुवासभामा वाम गठबन्धनको वर्चश्व

अनिष विष्ट | मङ्गलबार, २६ मङि्सर २०७४

प्रदेश १ संखुवासभा


सङ्खुवासभा : एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको यस जिल्लामा तीनवटै क्षेत्रमा वाम गठबन्धनका उमेदवार निर्वाचित भएका छन्। प्रतिनिधिसभामा एमालेका राजेन्द्रप्रसाद गौतम, प्रदेशसभा (क) मा माओवादी केन्द्रका पूर्णप्रसाद राई (बज्र) र (क) मा तुलसी गौतमले जितेसँगै यस जिल्लामा वाम गठबन्धनको वर्चश्व देखिएको छ।

प्रतिनिधिसभा तर्फका उम्मेदवार नेकपा एमालेका राजेन्द्र गौतमले ३२ हजार सात सय ६९ मत प्राप्त गर्दै विजेता बनेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक खड्काले ३१ हजार ६ सय ३९ मत प्राप्त गरेका छन्। गौतम र खड्को मत अन्तर १ हजार १ सय ३० रहेको छ। खड्का र गौतमबीच नै ०७० सालको संविधानसभाको निर्वाचनमा चुनावी प्रतिष्पर्धा भएको थियो। त्यसबेला गौतम पराजित भएका थिए।

त्यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनका (माओवादी केन्द्र)का उम्मेदवार पूर्णप्रसाद राईले १६ हजार ६ सय ७७ मत ल्याएर जित हाँसिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टंकप्रसाद राईले १४ हजार ६ सय ३२ मत प्राप्त गरेका हुन्। टंकप्रसादको भन्दा २ हजार २४ मत बढी मत ल्याएर पूर्णप्रसाद विजेता बनेका हुन्। टंकप्रसाद राई २०५६ सालमा निर्वाचित सांसद हुन् भने पूर्णप्रसाद राई २०६४ सालको निर्वाचित सभासद हुन्।

०६४ सालको निर्वाचनमा भएको प्रतिस्पर्धामा टंकप्रसादलाई हराउँदै पूर्णप्रसाद विजयी भएका थिए। प्रदेशसभा (ख) तर्फ वाम गठबन्धन (एमाले) का तुलसी न्यौपाने १७ हजार ५ सय १४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। गौतमका निकट्तम प्रतिद्वन्दी दिपककुमार लिम्बुले १६ हजार एक सय ४० मत ल्याएका थिए। तीव्र प्रतिप्रर्धा रहँदा रहँदै पनि न्यौपानेले लिम्बुकोे भन्दा १ हजार ३ सय ७४ मत बढी ल्याएर विजेता बनेका हुन्। प्रदेशसभा (ख)तर्फका दुवै उम्मेदवार संसदीय निर्वाचनमा नयाँ अनुहार हुन्।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार