• निर्वाचन समाचार
advertisement

पर्वत समानुपातिकमा एमाले पहिलो दल

माया अधिकारी | मङ्गलबार, २६ मङि्सर २०७४

प्रदेश ४ पर्वत


कुश्मा : पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल बनेको छ । प्रतिनिधिसभाको समानुपातिक मत मध्ये नेकपा (एमाले)ले ३० हजार ९ सय ९९  मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ हजार १ सय ९० मत प्राप्त गरेको छ। नेपाली कांग्रेस भन्दा एमालेले ५ हजार ८ सय ९ मतले अघि रहेको छ ।  यसैगरी माओवादी केन्द्रले प्रतिनिधिसभामा ६ हजार ४ सय ४९ मत प्राप्त गरेको छ । 

यस्तै प्रदेशसभा तर्फको मत गणनामा पनि नेकपा एमाले नै अगाडि देखिएको छ । एमालेले  २८ हजार २ सय ७४ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २३ हजार ९ सय ७६ मत पाएको छ। प्रदेश सभामा नेपाली कांग्रेस भन्दा एमालेले चार हजार २ सय ९८ मत बढी छ ।  प्रदेशसभामा माओवादी केन्द्रले ८ हजार तीन सय ८ मत प्राप्त गरेको छ । 

तीन शीर्ष दल बाहेक प्रतिनिधिसभा सदस्यमा समानुपातिक तर्फ सबैभन्दा बढी मत प्राप्त गर्नेमा विवेकशील साझा पार्टी रहेको छ । चुनाव चिन्ह तराजु रहेको साझा पार्टीले एक हजार पाँच सय ७१ मत प्राप्त गरेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सय २५,  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले १ सय ५३ र संघीय समाजवादी फोरम, नेपाल ४० मत प्राप्त गरेका छन् । नेकपा मालेले १ सय ७६, राष्ट्रिय जनमोर्चाले ४ सय ७५ राष्ट्रिय जनमुक्ति पार्टीले ३ सय ८६, नेपाली जनता दलले १ सय १२, नयाँ शक्ति पार्टी, नेपालले २ सय २७ मत प्राप्त गरेको छ । 

त्यस्तै प्रदेश सभामा पनि तीन शिर्ष दल बाहेक सबैभन्दा बढी मत पाउनेमा विवेकशील साझा पार्टीनै रहेको छ । सो पार्टीले ९ सय ७९ मत प्राप्त गरेको छ । भने राप्रपाले ७ सय २३ मत प्राप्त गरेको छ । अन्य राजनीितक दलको भने न्यून मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए । समानुपातिकमा पाँच सय भन्दा बढी मत ल्याउने जम्मा पाँच दल रहेका छन् । समानुपातीक तर्फ ५ हजार ५ सय ९५ मत बदर भएको छ। 
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

प्रदेश ४ समाचार