• निर्वाचन समाचार
advertisement

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

हरि शर्मा | मङ्गलबार, २६ मङि्सर २०७४

प्रदेश ४ नवलपरासी (प्र. ४)


पूर्वी नवलपरासी : पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी केन्द्रले ५ जना उम्मेदवार उठाएको थियो। जसमा २ प्रतिनिधिसभा सदस्य र तीनवटा प्रदेशसभा सदस्यका उम्मेदवार थिए। दुई जिल्लाबाट एमालेले दुई प्रतिनिधिसभा र ५ प्रदेशसभा सदस्य जिते पनि माओवादी केन्द्रका सबै उम्मेदवार भने पराजित भएका हुन्। 

पूर्वी नवलपरासीमा प्रतिनिधिसभासहित ३ जनाले उम्मेदवारी दिएका थिए। जसमा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा भविश्वर पराजुली, प्रदेशसभा १(क)बाट सूर्यप्रसाद न्यौपानेले उम्मेदवारी दिएका थिए भने निर्वाचन क्षेत्र नम्बर २ (क)बाट बालकृष्ण गैरेले उम्मेदवारी दिएका थिए।

त्यसैगरी पश्चिम नवलपरासीमा प्रतिनिधिसभासहित २ जनाले माओवादी केन्द्रबाट उम्मेदवारी दिएका थिए। जसमा क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा घनश्याम यादव र प्रदेशसभा २ (ख) मा कन्हैया कोहाँरले उम्मेदवारी दिएका थिए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

प्रदेश ४ समाचार