• निर्वाचन समाचार
advertisement

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

सपना बराल | मङ्गलबार, २६ मङि्सर २०७४

प्रदेश १ तेह्रथुम निर्वाचन क्षेत्र - १


तेह्रथुम : पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २ हजार २१ मतले पछि पार्दै विजयी भएका हुन्। खापुङले २१ हजार ३ सय १५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसकी नेतृ गुरुङले १९ हजार ३ सय १४ मत प्राप्त गरेकी छन्।

२०६४ सालको संविधानसभाको निर्वाचनमा पराजित भएका खापुङ २०७० सालको संविधान सभाको निर्वानमा कांग्रेसका तुलसी सुब्बालाई दुई हजार ३ मतले पछि पार्दै विजयी भएका थिए।

विद्यार्थी राजनीति हुँदै खापुङ जिल्लाको राजनीतिमा सक्रिय भएका हुन्। २०५४ सालको स्थानीय तहको निर्वाचनमा तेह्रथुम साविकको मोराहाङ्ग गाविसमा एमालेको उम्मेदवार भएर निर्वाचित भएर काम गरेका खापुङ २०५५ सालमा जिल्लाको पाँचौ अधिवेशनमा जिल्ला कमिटीको सचिवमा सर्वसम्मत भएका नेता हुन्। २०५८ सालको छैटौ र २०६१ सालको सातौ अधिवेशनमा समेत जिल्ला कमिटिको सचिवमा उनी निर्विरोध निर्वाचित भएका थिए।

२०६४ पहिलो संविधानसभाको निर्वाचनमा एमालेको तर्फबाट संविधान सभाको सदस्यको उम्मेदवार भए। २०६६ सालको आठौ जिल्ला अधिवेशनबाट जिल्ला कमिटिको अध्यक्षमा निर्वाचित भएर उनले तीन कार्याकाल काम गरे।

२०६९ सालमा केन्द्रीय अनुसन्धान आयोगको सदस्यमा मनोनित भई नवाँै राष्ट्रिय महाधिवेशनमा समेत काम गरेका उनले २०६० सालमा आफ्नै पहलमा तिनजुरे जडिबुटी सहकारी संस्था लिमिटेडको स्थापना गरे। नेता खापुङ एमाले केन्द्रीय सदस्य हुन्। वर्षातको समयमा हिलाम्य बन्ने तेह्रथुमका सडकमा १२ महिना गाडी गुड्न मिल्ने बनाउने घोषणा खापुङले गरेका छन्। यसैगरी आठराई क्षेत्रमा विद्युत विस्तारलाई प्राथमिकता दिनेलगायतका योजना सार्वजनिक गरेका छन्।

‘जिल्लाको पूर्वी भागमा तमोर नदी छ, त्यो नदीसँग जोडिएका साविकका १० वटा गाविसको तल्लो क्षेत्र अत्यन्तै सुख्खा रहेकाले त्यस क्षेत्रमा कसरी पानीको व्यावस्थ गर्न सकिन्छ वैकल्पिक उपायको खोज गर्ने काम गछौँ’, उनले भने।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार