• निर्वाचन समाचार
advertisement

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

सपना बराल | बुधबार, २७ मङि्सर २०७४


तेह्रथुम :  तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा एमाले अघि पहलिो भएको छ । एमालेले प्रतिनिधिसभातर्फ  १८ हजार ४ सय १८, प्रदेशसभा क्षेत्र नं १ मा ९ हजार ७ सय ८० र प्रदेशसभा क्षेत्र नं २  तर्फ ७ हजार ९ सय २८ मत ल्याइ पहिलो भएको हो। नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ १६ हजार ९, प्रदेशसभा क्षेत्र नं १ मा ८ हजार ५ सय ७७ र प्रदेश सभा क्षेत्र नं २ मा ६ हजार १ सय ८६ मत ल्यायी  दोश्रो भएको छ।

नेकपा मालेले  प्रतिनिधि सभामा ३००३ मत, प्रदेशसभा क्षेत्र नं १ मा १ हजार ४ सय ३८ र प्रदेश सभा क्षेत्र नं २ मा १ हजार ३ सय ७८ मत ल्याइ तेश्रो भएको छ। प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीमा १ सय ५८ मत आएको छ। राष्ट्रिय जनता पार्टी नेपालमा ११, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकमा १ सय २० मत, संघीय समाजवादी फोरम नेपालमा २ सय १२ मत, नेकपा मालेले १सय ११, राष्ट्रिय जनमुक्ति पार्टीमा ३ सय ५, नयाँ शक्ति पार्टी नेपालले ६ सय ५ मत, मंगोल नेशनल अर्गनाइजेसनमा ३८,द शभक्त गणतान्त्रिक मोर्चा नेपालमा ५२ मत, विवेकशील साझा पार्टीले २ सय ६९ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ५ सय ८२ मत ल्याएका छन्।
 
 समानुपातिकतर्फ प्रतिनिधिसभामा जम्मा ४४ हजार २ सय २२ मत खसेकोमा ४१ हजार २ सय ५५ मत सदर भएको थियो भने २ हजार ९ सय ६७ बदर भएको छ। प्रदेश सभा क्षेत्र नं १ तर्फ जम्मा २४ हजार २ सय ६४ मत खसेकोमा २१ हजार ८ सय ४५ मत सदर भएको र २ हजार ४ सय १९ मत बदर भएको छ। यसै गरी प्रदेश सभा क्षेत्र नं २ मा जम्मा १९ हजार ९ सय ५८ मत खसेको छ ,कुल खसेको मत मध्ये १७ हजार ४ सय ६६ मत सदर र २ हजार ४ सय ९२ मत बदर भएको  मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ। 


 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

समाचार