• निर्वाचन समाचार
advertisement

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

खेम बुढामगर | बुधबार, २७ मङि्सर २०७४


रोल्पा :  समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा माओवादी केन्द्रले २७ हजार २ सय २० र प्रदेशसभामा २५ हजार २ सय ६० मत प्राप्त गरी पहिलो भएको हो। नेपाली कांग्रेसले प्रतिनिधि सभातर्पm १५ हजार ८ सय ४७ र प्रदेशसभामा १४ हजार ४ सय १८ मत पाएर दोस्रो भएको हो। एमालेले १० हजार ५ सय ४५ प्रतिनिधिसभा र १० हजार २ सय ७१ मत ल्याएर तेस्रो तह कायम गरेको छ।

प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ८ सय ३३ र प्रदेशका लागि १ हजार १९ मत ल्याएको छ। नेकपा (माले) र जन समाजवादी पार्टीले प्रतिनिधिसभाका लागि १ हजार १९ र प्रदेशमा ९ सय ७६ मत ल्याएका छन्। राप्रपा (प्रजातान्त्रिक) ले प्रतिनिधिसभामा ६ सय ७५ र प्रदेशमा १ हजार १९ मत पाएको छ।

समानुपातिकतर्फको मत गणना कार्य मंगलबार सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले जानकारी दिए। समानुपातिक मतपत्रमा भएका चिन्ह प्रायःमा मत खसेको छ। अन्य पार्टीले हजार भन्दा कम मत पाएका छन्। नेपाली दलित पार्टी, देशभक्त समाज र हाम्रो पार्टीले १÷१ मत पाएका छन्। मतपत्रका चिन्ह कोही खाली थिएनन्। जिल्लामा पार्टी संगठन नभएकाको चिन्हमा पनि मत संकेट थिए। विवेकशील साझा पार्टीलाई ८८ मत र नयाँ शक्तिलाई २४ मत प्राप्त भएको छ।

समानुपातिकमा ७० हजार ५ सय ७० खसेको मतमा प्रतिनिधिसभातर्फ ५९ हजार ७६ सदर र ११ हजार ४ सय ९४ बदर भए। प्रदेशसभातर्फ १५ हजार ७ सय ६६ वदर भयो भने ५४ हजार ८ सय ४ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

समाचार