• निर्वाचन समाचार
advertisement

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

गोविन्द देवकोटा | शुक्रबार, २९ मङि्सर २०७४


शैक्षिक महोत्सव उद्घाटनपछि सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन। अन्नपूर्ण

नेपालगन्ज : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि सुरू भएको सातदिने पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको उद्घाटनका अवसरमा उपराष्ट्रपति पुनले यस्तो धारणा राखेका हुन्। सौहार्दपूर्ण रूपमा स्थानीय तहेदेखि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकाले संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेसँगै देश नयाँ युगमा प्रवेश गरेको उनको भनाइ छ। अब राजनीतिक लडाइँको युग अन्त्य भएको र विकासको युग सुरु भएको दाबी पनि गरे।

‘एक वर्षमा तीन तहका निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनको अन्तिम चरणमा आइपुगेका छौं', उनले भने, ‘अब केन्द्रीय र प्रदेश सरकार गठन गर्न बाँकी छ। नयाँ सरकार गठनसँगै देशको अवस्था पनि नयाँ युगमा प्रवेश गर्नेछ। हामी सधैं राजनीतिक संक्रमणकालकै अधिनमा रह्यौं। अब संक्रमणकालीन युग समाप्त भयो। आगामी बाटो भनेको विकास र आर्थिक समृद्धिको हो। सबै अब विकासमा जुट्नुपर्छ।' राजनीतिक दलहरूले जनताबाट पाएको मतको उच्च कदर गर्दै देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने पुनले उल्लेख गरे। आर्थिक एवं सामाजिक विकासका लागि प्रतिस्पर्धा आवश्यक भएकाले दुई छिमेकी देशसँग सहकार्य गरी प्रतिस्पर्धात्मक तरिकाले अगाडि बढ्नु नै उचित हुने उनको भनाइ छ।

प्रदेश सरकारहरूले आन्तरिक स्रोतसाधनको समुचित प्रयोग गरी आर्थिक क्रान्ति गर्न सक्नेतर्फ पनि पुनले संकेत गरे। ‘संघीय संरचनामा गएकाले अबको केही समयमै प्रदेश सरकार पनि गठन हुनेछ', उनले भने, ‘हरेक प्रदेशले आर्थिक क्रान्तिका लागि आफ्नै मोडेल बनाउनेछन्। सबै प्रदेशले स्वच्छ तरिकाले एकअर्कासँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ।' लामो राजनीतिक संक्रमणपछि पाएको उपलब्धिलाई संस्थागत गर्न आन्तरिक मनमुटाव त्यागेर सबै नेतृत्व आर्थिक क्रान्तिको बाटोमा उभिनुपर्ने उनले बताए। कुनै पनि राष्ट्रको समृद्धिका लागि शिक्षाक्षेत्रको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ। दक्ष शैक्षिक जनशक्तिबाट मात्रै समृद्धिको आशा राख्न सकिने भएकाले शिक्षाक्षेत्रमा गुणस्तर ल्याउन सरकारी स्तरबाट समेत शैक्षिक महोत्सवहरू हुनुपर्ने उनले बताए। हात हातमा पुस्तक, घर घरमा पुस्तकालय भन्ने सरकारी अभियानलाई यस्ता महोत्सवले मद्दत पुर्‍याउने पुनले विश्वास व्यक्त गरे।

व्यवसायीबाट हालसम्म नेपालको राष्ट्रिय पुस्तक नीति बन्न नसकेको गुनासो आएपछि पुनले उक्त विषयमा सरकारलाई ध्यानाकर्षण गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। नयाँ सरकार गठन हुनेबित्तिकै आधिकारिक पुस्तक नीति आउनेमा विश्वस्त रहन पुनले आग्रह गरे।

महोत्सवका अवसरमा शिक्षाक्षेत्रमा योगदान पुर्‍याउने विभिन्न चारजनालाई रथारोहणसहित सम्मान गरिएको छ। बिहीबार रथमा चढाएर नेपालगन्ज उपमहानगरपालिका परिक्रममा गराई उपराष्ट्रपति पुनबाट सम्मानित गरिएको हो। सम्मानित हुनेहरूमा उच्चतहमा निजीक्षेत्रबाट प्राविधिक शिक्षाको सुरुवात गराई शैक्षिक गुणस्तरलाई नयाँ आयाम प्रदान गरेको भन्दै काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा. सुरेशराज शर्मा, चलचित्र क्षेत्रमार्फत शैक्षिक चेतना फैलाएको भन्दै चलभित्र निर्माता यादव खरेल, स्थानीय भाषासाहित्यको जगेर्ना गरेकोमा साहित्यकार सनतकुमार रेग्मी र मध्यपश्चिम क्षेत्रमा शैक्षिक जागरण अभियानमा सक्रिय हरिप्रसाद रावतलाई उपराष्ट्रपतिबाट सम्मान गरिएको हो। स्थानीय सञ्जय सिंह, वसन्त लामिछाने र नारायणप्रसाद ज्ञवालीलाई पनि व्यवसायसँगै सामाजिक अभियानमा समेत सक्रिय भएको भन्दै सम्मान गरिएको छ।

 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

समाचार